• झापा । मेचीनगरका सफल युवा व्यवसायी मोहन निरौलाले व्यवसायीहरुको छाता संगठन मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
    पुष २८ गते हुने संघको निर्वाचनका लागि निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । आफु लामो समयदेखि व्यवसाय क्षेत्रमा क्रियाशील भएको र व्यवसायीहरुका हरेक समस्याहरुसँग नजिक भएकाले व्यवसायीहरुको हकहितका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको निरौलाले बताए । निरौला हाल यस संघको कार्यसमिति सदस्य हुन भने यस भन्दा अघि पनि एक कार्यकाल सदस्य पदको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
    मेचीनगर–६ काँकरभिट्टा निवासी निरौला २० वर्षदेखि यस क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । उनी यस क्षेत्रका सफल व्यवसायीहरुको सुचिमा पर्छन् । विर्तामोडस्थित चारपानेमा आइसर बस र ट्रकको डिलर र अटो रिक्साको मेची अञ्चल डिलरसीपको सञ्चालन गर्दै आएका निरौला पर्यटन व्यवसायी समेत हुन् । उनी काँकरभिट्टामा रहेको कनकाइ ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।
    यसो त निरौला सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील व्यक्ति हुन् । नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता निरौला विभिन्न संघ संस्थामा रहेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनी हाल मेची भन्सार एजेण्ड संघको अध्यक्ष, रोटरी क्लब अफ काँकरभिट्टाको २०१९÷२०२० को अध्यक्ष, मानव धर्म सेवा समितिको केन्द्रीय सदस्यलगायत अन्य सामाजिक संघ संस्थामा रहेर जिम्मेवारी बहन गरिरहेका छन् ।
    आफ्नो व्यवसायसँगै २० जना भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगार उपलब्ध गराएका निरौलाले आफु संघको नेतृत्व गरेर आम व्यवसायीहरुको हितमा काम गर्ने बताए । उनले मेचीनगर पर्यटनको धेरै सम्भावना भएको क्षेत्र बताउँदै पर्यटन विकास र बंगलादेशसँगको व्यपार बृद्धि तथा यहाँका हरेक व्यवसायीहरुको हित हुने गरी काम गर्ने बताए । साथै निरौलाले आफु पार्टीको एक कर्मठ कार्यकर्ता भएको बताउँदै भोलिका दिनमा पार्टीले समेत साथ सहयोग गरेर आफुलाई अघि सारेमा यहाँका हरेक व्यवसायीहरुको व्यवसयिक विकासका लागि कटिबद्ध भएर लाग्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…