• मेचीनगर । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई बुधवार जाडोका न्यानो कपडा वितरण गरिएको छ । मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
    भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष गोपाल चुँडालको पहलमा उक्त स्वीटर प्राप्त भएको थियो । ३० हजार मुल्य बराबरको उक्त स्वीटर भारतको कलकत्ता निवासी चुँडालका साथी चेतन सराफले प्रदान गरेका थिए । सामाजिक कार्यमा सक्रिय चुँडालको आग्रहलाई स्वीकार्दै चेतनले पिता प्रदीप सराफको स्मृतिमा ९५ थान स्वेटर पठाएका थिए ।
    बडा गाउँस्थित सो विद्यालय परिसरमा भएको कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशेष अतिथि चुँडाल, समाजसेवी शङ्कर श्रेष्ठ, प्रधानाध्यापक तिलकबहादुर धिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र दासलगायतले बोलेका थिए ।
    शिक्षक अभिभावक सङ्घका अध्यक्ष मित्रकुमार सारुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक हरिप्रसाद चापागाईं र सञ्चालन शिक्षक निरज पोखरेलले गरेका थिए । विद्यालयमा अधिकाँश विद्यार्थी दलीत, सीमान्तकृत एवम् विपन्न वर्गका रहेका जानकारी दिँदै शिक्षिका गीता कटुवालले दाताको सहयोगले राहत महसुस भएको प्रतिक्रिया दिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…