• झापा, (चन्द्रडाँगी)पुस १८ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार झापाका दुई नमुना कृषी फारमको स्थलगत अध्ययन अवलोकन गरेकी छन ।
    गौरादह नगरपालिका स्थीत महारानी झोडाको साना किसान सहकारी संस्थाको आधुनिक कृषी फारम र शिवसताक्षी नगरपालिका स्थीत चन्द्रडाँगी कृषी फारमको स्थलगत अध्ययन भ्रमण गरेकीहुन ।
    राष्ट्रपति भण्डारीले हाल तिनवटै तहमा सरकार रहेकाले यस्ता कृषी फर्मको माध्यमवाट मुलुकलाई कृषीमा आत्मनिर्भर वन्नका लागि तिनै तहका जनप्रतिनिधिलाई खटेर काम गर्न सुझाईन । उनले भनिन्, ‘झापाका कृषी फारमबाट उत्पादन भएका वीउ विजन अन्य प्रदेशका किसानलाई पनि सहज रुपमा विक्रि वितरण होस ।’ स्थानिय सरकाले कृषी फर्म संचालनको अधिकार मागि रहदा राष्ट्रपति भण्डारीले संविधानमा उल्लेख भएका अधिकार वाहेक अन्य अधिकार हतारमा निर्णय गर्नुनहुने पनि वताईन । स्थानिय जनताले प्रत्यक्ष उपभोग गर्ने यस्ता वहुआयामिक सरकारी संस्था शत्ति संघर्षको रुपमा लिन नहुनेपनि भण्डारीको तर्क थियो ।

    शिवसताक्षी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीको कृषी फर्मको अवलोकन भ्रमणका क्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माले चन्द्रडाँगी कृषी फर्मलाई स्थानिय सरकारले संचालन गर्न सक्ने अधिकार प्रत्यायोजनका लागि अपिल गरेका थिए । तर, १ नम्बर प्रदेशका मुख्य मन्त्रि शेरधन राईले १ नम्बर प्रदेशमा रहेका जतिपनि कृषी फर्महरु छन ति सवै प्रदेश सरकारले संचालन गर्ने वताए ।
    मुख्य मन्त्रिराईले शिवसताक्षी नगरपालिकाले चन्द्रडाँगी कृषी फर्मको स्तरोन्नतीका लागि तयार गरेको कार्ययोजना अपुरो रहेको वताए । उनले भने, केन्द्रसरकार, प्रदेश सरकार र स्थानिय सरकार मिलेर नमुना योग्य कृषी फर्मको कार्ययोजना वनाउनु पर्छ यसमा कसैले हतार गर्नुहुदैन ।’
    केन्द्र सरकारको स्वामित्वमा रहेको झापाको शिवसताक्षी नगरमा पर्ने चन्द्रडाँगी कृषी फर्म ८४ विगाह क्षेत्रमा छ । कृषकहरुलाई कृषी उपजका विउ विजन र कृषी सम्बन्धि प्राविधिक परामर्श दिने उदेश्यबाट सरकारले स्थापना गरेको सो कृषी फारम अहिले प्रयोजन शुन्य सरह बनेको छ । ०३२ सालमा कनकाई सिचाई आयोजना निर्माणहुदा कोरियालि सरकारले कर्मचारी आवासका लागि चन्द्रडाँगीमा १४ वटा भवन निर्माण गरेको थियो । आयोजना सकिएपछि कोरियालि सरकारले ति भवन तत्कालिन सरकारलाई हस्तान्तरण गरेको थियो ।
    २०७५ साल भदौ ३१ गतेको मन्त्रि परिषद वैठकवाट स्थानिय समितिले संचालन गर्दे आएको चन्द्रडाँगी विउविजन तथा दुग्ध विकास समिति खारेज गरि केन्द्र सरकारले कृषी फर्मको रुपमा संचालन गर्ने निर्णय गरेको थियो । केन्द्रमा हाल सोना मन्सुली, बासमती, राधा १२ लगायतका कृषी अनुसन्धान पार्कबाट सिफारिस गरिएका विभिन्न १० जातका धानको खेती गरिदैं आएको छ । चैते धान समेत न्युन क्षेत्रफलमा गर्ने गरिएको छ । आधुनिकीकरण हुन नसक्दा सो कृषी फारम क्षेत्रमा लगाइएको बालीको समेत उत्पादन राम्रो हुन नसकेको स्थानिय किसानको भनाई छ ।

    विद्यार्थीको चरम दुरुपयोग
    राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रममा झापाको शिवसताक्षीमा विद्यार्थीको चरम दुरुपयोग भएको छ । पढ्न पाउने अधिकारलाई वन्देज गर्दे स्थानिय दुधे श्रोत केन्द्रले विद्यार्थीलाई राष्ट्रपति सहभागी कार्यक्रममा अनिवार्य उपस्थीत गरायो ।
    दुधे श्रोत केन्द्रका श्रोत व्यत्ति कृष्ण भण्डारीले स्थानिय भानु मावि, शुक्र मावि र जन आदर्श माविका विद्यार्थी सहित शिक्षक अनिवार्य कार्यक्रममा आउन फोनवाट उर्दी गरेका थिए । भानु माविमा १ घण्टी पढाई भयो, त्यसपछि ठुला विद्यार्थी लिएर केहि शिक्षक कार्यक्रममा सहभागी हुन आए । विद्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि नृत्य देखाउने कार्यक्रम राखेको थियो । राष्ट्रपति भण्डारीलाई स्वागतका लागि पन्चकन्या पनि भानु माविकै विद्यार्थी थिए । विद्यालयका प्रधानाध्यापक डाम कुमार कुवँरले पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो विद्यालय भएको वडामा आउने भएपछि विद्यालय छुट्टी गरेको वताए ।
    यता शुक्र मावि र जनआदर्श माविले कार्यक्रममा कुनै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेनन् । श्रोत व्यत्ति भण्डारीले दिउसो १२ वजे पछि विद्यालय वन्द गरेर चन्द्रडाँगी कृषी फारममा आउन फोनवाटै निम्ता गरेको वताए । विद्यालयका शिक्षक दुर्गाप्रसाद दाहालले भने श्रोत व्यक्तिले विद्यालय १२ वजे पछि वन्द गर्नु भनेपछि वन्द गरिएको हो ।
    कार्यक्रममा विद्यार्थी र अन्य सहभागी वरावरी थिए । राष्ट्रपति, प्रदेशका मुख्य मन्त्रि, संघिय साँसद, प्रदेशका कानुनमन्त्रि, प्रदेस साँसद सहभागी कायक्रममा विद्यार्थीको प्रयोगले उनिहरुको मौलिक अधिकार हनन् भएको स्थानिय अभिभावकले वताएका छन । जनआदर्श माविका अभिभावक श्रीलाल राजवंशीले भने स्कुल पढ्न पठाएको छोरा कार्यक्रममा देख्दा अचम्ममा परे । उनले भने,‘ कुनै पनि कार्यक्रममा विद्यार्थी प्रयोग हुन्छ भने अभिभावकलाई समेत जानकारी हुनु पर्छ ।’

    सवै खर्च नगरको
    राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रगाँगी स्थीत कृषी फारमको सवै खर्च नगरपालिकाले व्यहोर्ने छ । खर्चको विषयमा वडा अध्यक्ष विच कुरा उठेपछि आईतवार नगर कार्यपालिकाको आकस्मीक वैठक वसी राष्ट्रपति सहभागी हुने कार्यक्रमको सवै खर्च नगरले व्यहोर्ने निर्णय भएको हो । स्वागतद्धार निर्माण, पण्डाल, साउण्ड सिस्टम लगायतका सवै खर्च नगरले व्यहोर्ने एक वडा अध्यक्षले वताए । खर्च को अनुमान भने छैन ।
    राष्ट्रिय झण्डै थिएन
    सात जना मात्र अटाउन सकिने सानो स्टेज थियो । उक्त स्टेजमा राष्ट्रपति विद्यादेवी भण्डारी, १ नम्बर प्रदेशका मुख्य मन्त्रि शेरधन राई, संघिय साँसद एलपि सावा लिम्वु, १ नम्बर प्रदेशका कानुन मन्त्रि हिक्मत कार्की, १ नम्बर प्रदेशका साँसद द्धय झलकवहादुर दर्लामी मगर, हिरा थापा र शिवसताक्षी नगरका मेयर चन्द्र कुमार शेर्मा थिए । मुलुकको राष्ट्र प्रमुख भण्डारी विचमा भिआईपि सोफामा थिईन भने दायाँ प्रदेश १ मा मुख्य मन्त्रि राई र कानुन मन्त्रि कार्की थिए । वाँया तर्फ संघिय साँसद साँवा, प्रदेस साँसद मगर र थापा थिए भने त्यसैको छेउमा कार्यक्रमका अध्यक्ष शिवसताक्षी नगरका प्रमुख चन्द्र शेर्मा थिए । तर, स्टेजको कुनै पनि भागमा राष्टिय झण्डा थिएन । स्वागत द्धार, स्वागत मार्ग र स्टेज वाहिरका केहि स्थानमा राष्ट्रिय झण्डा फहराईएको थियो । कार्यक्रममा सहभागी एक शिक्षकले भने, ‘ ेराष्ट्रपति वसेको स्टेजमा राष्ट्रिय झण्डा नहुनु दुर्भाग्य हो ।’


    स्टेजवाटै फोटो सेसनको उर्दी
    कार्यक्रम संचालक शिवसताक्षी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णु वहादुर अधिकारीले स्टेज वाटै राष्ट्रपति विद्यादेवी भण्डारी संग फोटो सेसन गर्न वडा नगर प्रमुख, उपप्रमुख र अध्यक्ष लाई उर्दी जारी गरे । कार्यक्रम वाहिर रहेका वडा अध्यक्ष माईक वाट फोटो सेसनको उर्दी सुनेपछि स्टेज अगाडी आए । राष्ट्रपतिको मन्तव्य सकिए लगतै संचार कर्मीले आफ्नो आसन छोडिसकेका थिए । प्रमुख प्रसासकिय अधिकृत अधिकारीले फाटो सेसनको लागि तयारी हुन उर्दी जारी गरेपछि कार्यक्रममा हाँसो भएको थियो । कार्यक्रममा सहभागी एकले भने, ‘राष्टपति संग फोटो खिच्न मात्र नगरले लाखौ रुपैयाँ खर्चेको हो ?’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…