• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजका नव निर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले अबका युवाहरु नेतृत्व र व्यक्तित्व विकाससँगै व्यवसायिक बन्नु पर्ने बताउनु भएको छ ।
    जेसिआई पोखरा र जेसिआई पोखरा लेडिको संयुक्त पदस्थापन कार्यक्रमलाई सम्बधोन गर्दै अध्यक्ष सिनेटर पौडेलले युवा उद्यमशीलता नै अबको जेसीजको लक्ष्य भएको बताउँदै आम युवाहरुलाई व्यवसायिक बन्न आग्रह गर्नु भएको हो ।
    वर्ष २०१९ को नेतृत्व सम्हालेपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागि हुन मंगलवार पोखरा पुग्नु भएका पौडेलले कुनै पनि शाखाको उन्नति र प्रगतिमा सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यहरुलाई क्रियाशील भएर शाखाको विकासमा लाग्न आग्रह गर्नु भयो । ‘तपाईहरु सबैको उत्तिकै भूमिका रहन्छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले भन्नु भयो–‘तपाईको शाखा उत्कृष्ट र गतिशील हुनु भनेको नेपाल जेसीज उत्कृष्ट हुनु हो । यसैले हामी जेसीज अभियानमा लागेका अभियान्ताहरुले आफ्नो संस्थाको गरिमालाई उच्च राख्न सधैँ गतिशिल भएर काम गर्नु पर्छ । हामी सबैको जिम्मेवारी र दायित्व उत्तिकै रहेको हुन्छ ।’
    जेसीआई पोखरा र पोखरा लेडीले सामाजिक क्षेत्रमा गरेको हरेक गतिविधिहरुसँग आफुले नजिकबाट नियालिरहेको बताउँदै उहाँले दुबै शाखाको समाज परिवर्तन र युवा व्यवसायिकतामा ठूलो भूमिका रहेको बताउनु भयो । उहाँले अबका दिनमा नेपाल जेसीजमा सञ्चालन हुँदै आएका तालिमहरुलाई नयाँ ढाँचा र नयाँ प्रविधिका साथ अघि बढ्दै आम युवाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउन लागि पर्ने बताउनु भयो । ‘अब हामी फरक रुपमा तालिम सञ्चालन गरेर अघि बढ्छौँ’ अध्यक्ष पौडेलले भन्नु भयो–‘तालिम तिनै हुन तर शैली नयाँ हुनेछन् । जुन तालिमले युवालाई थप उत्साहित बनाउनेछ ।’
    अध्यक्ष पौडेलले पोखरा महानगरपालिका वडा नम्बर २१ का शिवप्रसाद भुजेललाई नगद १५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । आर्थिक अवस्था कमजोर भएका भुजेलको खुट्टामा भएको घाउको कारणले खुट्टा काट्नु परेको हुँदा उपचारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ शिव सुवेदीले            २०१९ का अध्यक्ष सन्तोष शाहीलाई र पोखरा लेडि २०१८ का अध्यक्ष सन्तु पौडेलले २०१९ का अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा शपथ ग्रहण गराएका थिए ।
    सोही क्रममा २०१९ का अध्यक्षद्वय सन्तोष शाही र सपना गिरीले सञ्चालक समितिलाई शपथ ग्रहण गराएका थिए ।
    वर्ष २०१९ का लागि सोमवार नेपाल जेसीजको पदहस्तान्तरण कार्यक्रम भएको थियो भने देशभरका १ सय ४२ वटा शाखा मध्ये यी दुई शाखाले पहिलो पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेका हुन् ।
    कार्यक्रममा नेपाल जेसिज २०१९ का कोषाध्यक्ष सुजन श्रेष्ठ, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, पोखरा लेडिका पूर्व अध्यक्ष संगीता पौडेल, पोखरा जेसीजका पूर्व अध्यक्ष प्रदिप रन्जित, इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रबिन पोख्रेल र अमिश ढकाल, विभिन्न शाखाका अध्यक्ष तथा जेसिज सदस्य तथा पोखरा जेसिज र पोखरा लेडि जेसिजका पूर्व अध्यक्षहरुको उल्लेख्य उपस्थिति थियो ।

    सोही अवसरमा १८ देखि ४० वर्ष भित्रका युवाहरुको संस्था पोखरा जेसिजका ४० वर्ष कटेका जेसीज सदस्यहरुलाई अवकास पत्र प्रदान गरिएको थियो । अवकास पत्र प्राप्त गर्ने सदस्यहरु शंकर ढुङ्गाना, विशेश्वर आचार्य, धर्मराज पन्थी, बद्रीनाथ आचार्य र तिलकराम पौडेल छन् ।

    पद तथा सपथ ग्रहण गरेका पोखरा जेसीजका अध्यक्ष सन्तोष शाही र लेडिका अध्यक्ष सपना गिरीले वर्षभरी साथ र सहयोगको अपेक्षा गर्दै वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । पोखरा जेसिज २०१९ का अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सपना गिरी, स्वागत प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रम सञ्चालन पोखरा जेसिज २०१९ का महासचिव शक्ति बरुवाल र लेडिका सचिव लक्ष्मी अधिकारिले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…