• झापा । राष्ट्रपतिलाई स्वागत गर्न बनाइएका स्वागत गेटलाई व्यवास्ता गर्दै बुधबार राष्ट्रपति विद्यादेवि भण्डारी झापाको गौरादह नगरपालिका वडा न ५ स्थित महारानी झोडा कृषि सहकारी सस्थाको नमुना एकीकृत कृषि सहकारीले आयोजना गरेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै ओर्लिइन् ।

    राष्ट्रपति विद्यादेवि भण्डारीलाई हार्दिक स्वागत छ भनी लेखिएका गेटहरु नगर प्रवेशस्थल लखनपुर डिपु चोक, मिलन चोक र महारानी झोडाका प्रमुख चोक चोकमा यत्रतत्र बनाइएका देखिन्थे । तर राष्ट्रपति ती गेटबाट नगर प्रवेश नगरि कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै पुगिन् ।

    साथै राष्ट्रपति भण्डारीले कार्यक्रमस्थल साथमै रहेको नमूना कृषि परियोजनाको हवाइमार्गबाटै अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका वडा न ५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्दित एकसय बिगाहा जग्गामा सञ्चालित एकीकृत नमूना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।

    परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।

    परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…