• लमजुङ – जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल कार्यकक्षमा रगताम्य हुने गरी कुटिएका छन् ।

    नगरपालिकाको औषधि खरिद सम्बन्धी टेण्डरका बारेमा लेखापाल श्याम पराजुलीलाई स्थानीय जनशक्ति युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले मरणासन्न हुने गरी कुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बानियाले बताए ।

    पराजुलीको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि गण्डकी अस्पताल पोखरामा रिफर गरिएको र मंगलबार इमरजेन्सीमा भर्ना गरेर उनका दाजु उदयबहादुर पराजुली र बैनी ज्वाईलाई जिल्ला लगाएर आफू फर्केको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

    नगरपालिकाले केही दिनअघि औषधि खरिदको टेण्डर आह्वान गरेको थियो । टेण्डर दिन आएका काठमाडौँको एक कम्पनीको टेण्डर तोक लगाएर दर्ता गर्ने क्रममा एक व्यक्तिले च्यातिदिएको थिए । त्यही कारण नगरपलिकाको रि–टेण्डर गराएको थियो । यस पटक पनि सोही विषयमा लेखापाल पराजुली कुटिएका हुन् ।

    नवीन श्रेष्ठ तत्कालीन एमाले निकट युवा संघको सुन्दरबजार नगरपालिकाको नगर कमिटिको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले अघिल्लो पटकको टेण्डर हुँदा पनि एक कम्पनीको टेण्डर फार्म खोसेर लगी एक दिन राखेपछि भोलिपल्ट नगरपालिका एक पदाधिकारीले सम्झाई फिर्ता ल्याउने काम गरेको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

    पूर्वएमालेबाट निर्वाचित मेयर जनकराज मिश्र रमिते बनेका छन् । आफ्नै कार्यकर्ताले लेखापालमाथि कुटपिट गर्दा पनि उनले कुनै कारवाही प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । नगरपालिकामा एमालेको गुण्डागर्दीले कर्मचारी आतंकित भएका छन् ।

    ‘हामीले नगरपालिका कार्यालयमा भएको उक्त घटनाको जानकारी स्थानीय प्रशासनलाई गरेका छौं, प्रहरी आएर मुचुल्का गरी लगेको छ पीडितले न्याय पाउनुहुन्छ भन्नेमा हामी ढुक्क छौं,’ कार्यकारी प्रमुख जीवन ज्ञवालीले भने ।

    ‘बदमासी गर्ने मान्छे फरार रहेको छ, पक्रनका लागि प्रहरी परिचालन गरिसकिएको छ, छिट्टै नियन्त्रणमा आउँछ,’ प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।

    सरकारमा दुईतिहाई बहुमत रहेको दम्भ पालेका कम्युनिस्ट कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि गुण्डागर्दीमा उत्रिन थालेका छन् । गुण्डागर्दी गर्ने कम्युनिस्ट कार्यकर्तालाई सरकारको संरक्षण रहेकै कारण प्रहरीले समेत पक्राउ गर्ने गरेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…