•  

    पौष १८, जोमसोम । नेपाल विद्यार्थी संघ मुस्ताङ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अषिम शेरचनको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन भयो । नेवि संघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भयो । नेपाली कागं्रेस मुस्ताङमा जिल्ला कार्यसमितिका सचिव तथा वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङ, यूवा नेता अविनास गौचन थकाली, महाधिवेशन प्रतिनिधि विजय हिराचन, नेपाल शिक्षक संघ मुस्ताङका संघीय प्रतिनिधि प्रमिश गौचन लगायतको रोहबरमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रमको अवसरमा बोल्दै नेपाल शिक्षक संघका संघीय प्रतिनिधि प्रमिश गौचनले विद्यार्थीहरुलाई सकारात्मक र रचानात्मक कार्य गर्न सुझाव दिए । उनले विभिन्न राजनीतिक परिघटनामा नेपाल विद्यार्थी संघले निभाएको भूमिका सम्झदै सधैं सत्यको पक्षमा हिड्ने संठगन रहेको समेत बताए । वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस जिल्ला सचिव फेन्चोक छेप्टेन गुरुङले विभिन्न कठिनाईका बावजुत मुस्ताङमा नेपाल विद्यार्थी संघ यो अवस्थामासम्म आईपुगको बताए ।

    विद्यार्थीको हकहीत तथा शैक्षिक गुणस्तरको लागि आ–आफ्नो स्थानमा एकताबद्ध भएर अगाडी बढ्न उनले सुझाव दिए । नयाँ कार्यसमितिलाई मजबुत भएर अगाडी बढ्नमा जोड दिए । सोही अवसरमा बोल्दै नेवि संघ केन्द्रीय कोषाध्यक्ष एवम् प्रमुख अतिथि शिव रिमालले संगठनको स्थापना र यसको उद्देश्यबारे प्रकाश पारे । उनले २०२७ सालमा स्थापना भई पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्न देखि अन्याय अत्याचारको विरुद्ध सधैं आवाज उठाईरहेको समेत बताए । गुणस्तरीय र सीपमूलक शिक्षाका लागि संगठनले परिवर्तनकारी भूमिका निर्वाह गरिरहेको बताउँदै परिर्वतनको लागि संघर्ष गर्ने वेला आएको समेत जानकारी गराए । नेपाल विद्यर्थी संघ मुस्ताङ १२ औं अधिवेशनसम्म आईपुग्दा यो नै औपचारिक रुपमा कार्यक्रम गरेको पहिलो पटक रहेको यूवा नेता अविनास गौचन थकालीले बताए । थकालीले निकै संघर्षका बावजुत प्रतिकुल अवस्थामा पनि ऐतिहासिक कार्यक्रम सम्पन्न गर्न पाएको खुसी व्यक्त गरे । नयाँ कार्यसमितिलाई थप जोस–जाँगरका साथ जिम्मेवारी वहन गर्दै कर्तव्य पालना गर्न थकालीले सुझाव दिए ।

    प्रतिकुल मौसममा पनि विद्यार्थी तथा संगठनमा आस्था राख्ने लोकतन्त्र प्रेमीहरुको उल्लेख्यनीय सहभागिताले खुसी भएको भन्दैै कृतज्ञता प्रकट गरे । अगामी दिनमा संगठनले निकै प्रगति गर्नसक्ने उनको आँकलन छ । संघको कोष बृद्धिको लागि वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङले १० हजार, महाधिवेशन प्रतिनिधि विजय हिराचनले ८ हजार र घरपझोङ गाउँपालिकाका तरुणदल अध्यक्ष योगेश शेरचनले ५ हजार नगद सहयोग गरेको थकालीले बताए । सोही अवसरमा सहयोगीहरुलाई खादा लगाई सम्मान गरिएको थियो । नयाँ कार्यसमितिमा अषिम शेरचन सभापतिसहित उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार, सह–सचिव ध्रुव परियार, कोषाध्यक्ष वरुण लामा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा मनिषा हिराचन, विकास विक, पासाङ शेर्पा, सुदीप विक, पूनित परियार, सञ्जय पुर्जा, विकल्प गौचन, अमन पौडेल, निसान तुलाचन, उर्मिला नेपाली, मन्जु नेपाली र सज्जल छन्त्याल रहेका छन् । नवगठित कार्यसमितिका सभापति अषिम शेरचनले संठनलाई बलियो बनाई निष्पक्ष ढंगले अगाडी बढ्नको लागि सबैसँग आग्रह गरे । शैक्षिक गुणस्तरीयता कायम गराउन संघ सधैं प्रतिवद्ध रहनेमा उनले विश्वास प्रकट गरे । आफु लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएकोमा खुसी प्रकट गर्दै विश्वासका साथ सभपतिको जिम्मेवारी दिएकोमा आफु लगायत सम्पुर्ण कार्यसमितिले कर्तव्यवोध भई कार्य गर्ने प्रतिबद्धता प्रकट गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…