• मोरङ  । सहज जितका साथ राष्ट्रिय जागृति क्लब जारी प्रथम बुधबारे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा राष्ट्रिय जागृतिले मोरङ फुटबल एकेडेमीलाई २–० ले हरायो ।

    स्थानीय बुधबारे खेलमैदानमा सम्पन्न खेलमा राष्ट्रिय जागृतिका लागि अलीन राई र निकेस तामाङले गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टोली जागृतिका अलीन राई घोषित भए । प्रतियोगिता अन्तरगत पुष १९ गते बिहीबार खेल डिएफसी डाँगिहाट, मोरङ र बिर्तामोड युनाइटेड, झापा बीच हुने आयोजकले जनाएको छ ।

    एकता स्पोर्टस् क्लब, लेटाङ–२ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोल कर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    झापा, मोरङ र सुनसरीका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि पुष २४ गते हुने समेत आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…