• काठमाडौँ । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ।

    वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

    ‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन।

    उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’अन्नपूर्ण पोस्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…