• हेटौँडा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रको स्वाधिनता र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सबै नेपाली गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

    बिपी विचार समाज मकवानपुरद्वारा आज हेटौँडामा आयोजित अन्तरसम्वाद कार्यक्रममा उहाँले काङ्ग्रेसको विधानलाई महासमितिको बैठकले समावेशी र क्लष्टरयुक्त बनाएकाले अब पार्टीभित्र गुट उपगुटको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेता डा कोइरालाले सरकारले परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिदैं जनताको घरदैलोमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    प्रदेश नं ३ प्रदेशसभामा काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले प्रदेश र स्थानीय सरकारले प्रभावकारी रुपमा कार्य गर्न नसकेको उल्लेख गर्दै निश्पक्ष र पारदर्शीरुपमा कार्य गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

    काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ, प्रदेश नं ३ प्रदेशसभाका सदस्यद्वय विजुला वर्मा र डा राजाराम कार्कीले जननायक बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीति अझै पनि सान्दर्भिक रहेको बताउँदै काङ्ग्रेस कमजोर हुँदा राष्ट्रियता र प्रजातन्त्र नै खतरामा पर्न सक्ने हुँदा पार्टी सुदृढ र सबल हुनुपर्नेमा जोड दिनुभयो ।

    काङ्ग्रेस प्रदेश नं ३ का अध्यक्ष प्रदीप कोइराला, बिपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइराला र वन विज्ञान अध्ययन संस्थान हेटौँडाका क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले जन केन्द्रीत विकास योजना र आर्थिक समृद्धिका लागि काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…