• विराटनगर,  बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप देशका सबै शक्तिलाई एकीकृत गर्ने उद्देश्य रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

    बिपी विचार राष्ट्रिय समाजद्वारा ४३औँ राष्ट्रिय एकता मेलमिलाप दिवसका अवसरमा आयोजित अर्थ–राजनीति र राष्ट्रियताका चुनौती सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताले तत्कालीन अवस्थामा प्रवासमा रहेका बिपीले नेपालमा भूगोल र राजनीतिक खतरा देखिने भएकाले सो नीति लिएको चर्चा गर्नुभयो ।

    काङ्ग्रेस नेता एवं बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले बिपीको विचार, नीति र अवलम्बन गरेको सिद्धान्तले अहिले पनि उत्तिकै महत्व बोकेको बताउनुभयोे । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले नेतृत्व तहले गरेको गल्तीबाट नेपाली जनताले कालान्तरसम्म दुःख पाउने उल्लेख गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…