• बेलबारी, मोरङ्ग ।

    मधुरो बिधुतीय प्रकाशबाट हुने समस्याबाट बेलबारी नगरपालिका वडा नं. ९ का स्थानीयवासी मुक्त भएका छन् । बेलबारी नगरपालिका ९ मा भोल्टेज नपुग्दा लामो समयदेखि स्थानीयवासीहरु बर्षौ देखि समस्या झेल्दै आएका थिए । बेलबारी ९ को बेलाई गाउँ(प्रगति टोल)मा २ सय केभीए र ९ र ६ को सीमानामा पर्ने भक्का चौकमा एक सय केभीएको ट्रान्सफरमर राखिएपछि स्थानीय बासी भोल्टेज कम हुने समस्याबाट मुक्त भएका हुन् । स्थानीय प्रकाश राईको पहलमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट उपलब्ध दुई वटा ट्रान्सफरमर बुधबार जाडान भएको हो । ट्रान्सफरमर जोडिएपछि स्थानीय उपभोक्ता खुशी भएका हुन् ।



    भोल्टेजको कमीले मधुरो बत्तीको प्रकाशमा बस्नु पर्ने बाध्यता थियो । गर्मी मौसममा पंखा, रेफ्रीजेरेटर, फ्रिज, कम्प्यूटर नचल्ने र ठूलो नोक्सानी हुने गथ्र्यो । बेलबारी ६ र ९ नम्बर वडाबासी अवभने उक्त समस्यबाट मुक्त भएका छन् । स्थानीय सर्वेश्वर टोल सुधार समितिका अध्यक्ष भरत पाण्डे भन्छन ‘हामीले ट्रान्सफरमरको लागि बर्षौदेखि पहल गर्दापनि उपलब्ध हुन सकेको थिएन, दुवै वडालाई पुग्ने गरी जडान भएकोमा अव हामीले क्षति बेहोर्नु पर्दैन ।

    ’ मन्त्रालयबाट आएको ट्रान्सफरमर जडानको लागि स्थानीय नलबारी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी चौधरी, स्थानीय समाजसेवी सुकदेव चौधरी, प्रेम राई, गणेश अधिकारी, देवी प्रसाद पोख्रेल, शिव पोख्रेल, धिरोज श्रेष्ठ, धर्मराज राई र असिन राईलगायतको सक्रियता रहेको थियो । बेलबारी नगरपालिका वडा नं. ९ को सिफारिसमा स्थानियवासी प्रकाश राईको सक्रियतामा बिधुतीय टन्सफरमर जडान भएको हो । उक्त ट्रान्स्फरमरले ९ र ६ नम्बरका बासिन्दाले लाभ लिएका छन् । ‘निर्वाचनमा ट्रान्स्फरमार जडान गर्ने प्रतिबद्धता गरेको थिएँ’ वडा नम्बर ९ का वडा अध्यक्ष नगेन्द्र खडका भन्छन ‘प्रतिवद्धता पुरा गर्न ट्रान्स्फरमर ल्याएर जडान गर्न सक्रिय भुमिका निर्वाह गर्नुभएकोमा प्रकाश राईलाई वडाको तर्फबाट धन्यवाद ।’ देविगंज टोल सुधार समितिका अध्यक्ष महानन्द पोख्रेलले पनि प्रकाशलाई धन्यवाद दिए ।

    ट्रान्स्फरमरको लागि ६ नम्बर वडाले पाँच लाख रकम विनियोजन गरेको थियो । मन्त्रालयबाट आएपछि उक्त रकम अव सडक निर्माणमा प्रयोग गर्ने वडा अध्यक्ष उदय बहादुर राईले बताए । स्थानीय बासी प्रकाश राई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला कमिटी सदस्यमा सिफारिस भएका छन् । पार्टी एक हुनु अघि राई माओवादी केन्द्रको मोरङ जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय संयोजक थिए । उनको सम्पर्क उर्जामन्त्री बर्षमान पुनसँग निकट सम्बन्ध भएको कारण ट्रान्स्फरमर ल्याउन सहज भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…