• पौष १९,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ६ का किसानहरुलाई लक्षित गरि कृषि विउ विजन प्रदान गरिएको छ ।
    वडा नम्वर ६ मा रहेको नगर पशु सेवा केन्द« मंगलवारेमा आयोजित सो कार्यक्रममा स्थानिय जनचेतना तरकारी उत्पादन कृषि समुहलाई विउ, विजन र आवश्यक सोमा प्रयोग हुने समान स्प्रे मेसिन उपलव्ध गराईएको हो ।
    आर्थिक वर्ष २०७५÷७६ को कृषि योजना अन्र्तगतको वजेटवाट विनियोजित १ लाख १३ हजार ५ सय रुपैया वरावरको २६ घरधुरीका व्यावसायिक कृषि खेति गर्दै आएका कृषक हरुलाई अनुदान स्वरुप सो सेवा उपलव्ध भएको कृषि बताईएको छ ।
    कृषकहरुको आर्थिक समृद्घिमा टेवा पु¥याउने उदे्श्यले २० जातिका ६८ हजार ७ सय २० रुपैया वरावरको तरकारी तथा तरकारी जन्य जातजातिका विउ प्रदान गरिएको छ ।
    साथमा १२ हजार मुल्य वरावरको ५ ओटा स्प्रे ट्याङ्की , २२ हजार ५ सय मुल्य वरावरको १० वोरा डिएपी मल,८ हजार ८ सय मुल्य वरावरको १० केजी आर्गानिक वायो पावर प्लस र १२ सय मुल्य वरावरको १० किलो जिङ्ग वितरण गरिएको छ ।
    सो वितरण कार्यक्रम लाई सम्वोधन गर्दै वडा नम्वर ६ का वडा अध्यक्ष जय बहादुर तामाङले आगामी दिनमा पनि कृषकको आर्थिक समृद्घिका लागि विविध कार्यक्रम ल्याउने वताए साथै निकट भविष्यमा नै कृषि पाठशाला केन्द« सग समन्वय गरि सो क्षेत्रलाई कृषि जोनका रुपमा विकाश गर्दै लगिने वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…