• झापा, पुस १९ । नेकपा (माओबादी) केन्द्रका संयोजक गोपाल किँरातीले मोहन वैद्य र विप्लव (माओवादी) संग पार्टी एकता गरेर हतियार उठाउने वताएका छन । प्रचण्डले राजनिति धोका दिएको भन्दै नेता किरातिले जनबिद्रोहको कार्यभार अव आफुहरुले पुरा गर्ने वताउदै हतियार उठाउनुको विकल्प नरहेको वताए ।
    झापाको दमकमा विहिबार पत्रकार सम्मेलनमा बोल्दै उनले शसस्त्र विद्रोहको माध्यमवाट जनताको सत्ता स्थापित गर्ने दावि गरे । दमकमा भएको संघीय परिषदको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दे उनले मोहन बैध, र बिप्लवसंग पार्टी एकताका लागि अनौपचारिक कुरा भइरहेको समेत सार्वजनिक गरे ।

    परिषदको महाअधिवेसनपछि यस बिषयमा थप ध्यान दिइने नेता किरातिले वताए ।
    उनले भने, ‘हामी बिद्रोहको कार्यभार पुरा गर्छौ र यसका लागि हतियार उठाउन पनि तयार बन्दैछौ ।’ हतियार उठाउनका लागि पहिला जग बलियो बनाउने उनको दावि थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…