• काठमाडौ । खोटाङको खोटेहाङ गाँउपालिका स्थित टुडिखेलमा २००७ सालको प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको मूर्ती बन्ने भएको छ । किरात राई विध्यार्थीहरुको साझा सस्था किरात राई विध्यार्थी संघको पहलमा खोटाङ बजार स्थित टुडिखेलमा योद्धा राईको मूर्ती बन्ने भएको हो । सो बिषयमा खोटाङबाट निर्वाचित संघीय सांसद विशाल भट्टराई, यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, कार्यबाहक अध्यक्ष दिवस राई र संघको सचिवालय टिमको आज कोटेश्वर स्थित कार्यलयमा छलफल भएको संघकी अध्यक्ष बिर्सिका राईले बताए । संघको पहलमा पार्क निर्माणको लागि प्रदेश १ सरकारले २० लाख, खोटेहाङ गाँउपालिकाबाट रकम छुट्टीएको छ । रामप्रसाद राईले २००७ सालमा भोजपुरबाट राणा शासकलाई शहरी बिद्रोहको मोडेलमा पराजित गरेका थिए । जिल्लाहरु कब्जा गर्दै कठमाडौ पुगेर सिंहदरवर कब्जा गरेका राई त्यहिबाट बेपत्ता छ्न । आन्दोलनमा लाग्नु अघि खोटाङ छोटिअड्डाको हाकिम भएर जाँदा टुडिखेलमा सोमिको बिरुवा रोपेका थिए । संरक्षणको अभावमा सोमिको रुख जिर्ण बन्दै गएका छ । संघको पहलमा उक्त एतिहासिक रुख संरक्षणको साथै त्यहा राईको मूर्तीसाथै पार्क बन्न लागेको हो । योद्दा राईको नेपाल सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । भोजपुरमा राईकै नाममा रामप्रसाद राई गाउँपालिका नाम राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…