• उर्लाबारीः मोरङको कानेपोखरी ३ का ४० वर्षीय सूर्यबहादुर भट्टराईको बुधबार दुर्घटनामा परी मृत्यु भएको छ । भट्टराईलाई उनकी आमा र जेठा दाजुले जाँड रक्सीको लतबाट छुटाउन उर्लाबारी–४ स्थित जीवन बचाउ उपचार सेवा गृहमा भर्ना गरेका थिए । तर उर्लाबारी २ का वडाध्यक्ष र इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी प्रमुखको दवावमा सुधार केन्द्रबाट जबरजस्ती निकालिएका भट्टराईको केही दिनमै दुर्घटनामा मृत्यु भएपछि स्थानीय र आफन्तले घटनालाई रहस्यमय भएको बताउँदै आएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प ८१७१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका भट्टराईलाई ठक्कर दिएको थियो । साइकलमा सवार भट्टराईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

    ठक्कर दिने मोटरसाइकल र चालक मोरङ उर्लाबारी सुनझोडाका गगन भनिने गंगाबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बारे थप अनुसन्धान भईरहेको छ ।

    अत्याधिक रक्सी सेवन गरेर सुर्धान राखिएका भट्टराईको हिजो साँझ दुर्घटनामा परि मृत्यु भएको हो । भट्टराईलाई आमा र दाजु नृपेन्द्र भट्टराईले सुधार्न गृहमा भर्ना गरेका थिए । तर उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, उर्लाबारी वडा नम्बर २ का वडा अध्यक्ष राजन कडेल र दाजु पुष्कर भट्टराईको दवावमा धाकधम्की सहित जर्वरजस्ती छुटाइएको थियो ।

    https://www.youtube.com/watch?v=zluwWMajiHE&feature=youtu.be&fbclid=IwAR0Ecuyrha4w5MOMqzl_LbZIIgAUUT669S3jNjjRwQdHXRSc9-brVdpNbQE
    त्यसअनरुप यसअघि नै जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले पत्रकार सम्मेलन गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी २ का वडाध्यक्ष राजन कुमार कडेलले कार्यलयमा आएर संस्थाका पदाधिकारीलाई धम्की दिएको बताएका थिए ।

    त्यसपछि संस्थामा सो घटनाले तनाब आएपछि परिवारको रोहवरमा गृहबाट निकालिएको थियो ।

    सुधार गृहमा अहिले २३ जनालाई राखिएको छ । गृहमा झापा, मोरङ, सुनसरीसहित भारतबाट समेत दुव्र्यसनमा लागेकालाई ल्याएर राखिएको छ । बिरामीको बानी व्यवहारमा सुधार ल्याउन परामर्शदाता समेत राखेर ‘काउन्सिलिङ’ गर्ने गरिएको छ ।
    मृतकका जेठा दाजु नृपेन्द्र भट्टराईले भाईको अकालमा ज्यान गएकोमा दुख प्रकट गरे । सुधार गृहमा सुधार्न राखेकोमा दवावमा अरुले निकाले, फेरि रक्सी कसैले खुवाए वा खायो दुर्घटनामा ज्यान गुमाउन पुग्यो ।

    भाईलाई सुधार्न आवश्यक थियो, तर किन निकालियो, रहस्यमय छ , आज दाहस्कार गरेर फर्किएका उनले भने, सत्यतथ्य बाहिर ल्याउने जिम्मा प्रसाशनको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…