• काठमाडौं । शिवम् सिमेन्ट गुणस्तरहिन भएको पाइएपछि सरकारले इजाजत खोस्ने तयारी गरेको छ । पटक पटक सरकारी निकायले गरेको अनुगमनमा गुणस्तरहीन भनी कारबाहीका लागि सिफारिस हुँदै आएको सो सिमेन्टले पछिल्लो पटक पनि गुणस्तरमा सुधार गर्न नसकेपछि इजाजत रद्ध गर्ने तयारी गरिएको स्रोतले बतायो ।

    सिमेन्ट गुणस्तरहीन देखिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही प्रक्रिया अगाडि बढाएको हो । शिवम् सिमेन्टमा मात्रा भन्दा बढी म्याग्नेसियम देखिएको विभागले जनाएको छ ।

    विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग अन्तर्गतको शिवम् सिमेन्ट (नवलपरासी) बाट उत्पादित सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको थियो ।

    विभागले सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको भन्दै ५ उद्योगलाई कारबाहीको चेतावानी दिदै पत्र काटेको छ ।

    होङ्सी सिमेन्ट (शिवम सिमेन्ट), सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट र गोरखकाली सिमेन्टलाई पत्र काटिएको विभागले जनाएको छ । सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएकोले यी सिमेन्ट उद्योगमाथि कारवाही प्रक्रिया सुरु गरिएको हो ।

    गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ ।

    विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

    महानिर्देशक पुडासैनीले भने, ‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।’ ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ पनि एक तत्व हो ।

    सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिँदै आएको छ । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्दछ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ ।

    सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ ।

    सिमेन्टमा एमजीओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…