बाह्रदशी गाउँपालिकाको आयोजना र प्राकृतिक दन्द्ध रुपान्तरण केन्द्र नेपालको संयोजनमा ८ दिने सामुदाियक मेलमिलाप तालिम शुक्रवारबाट सुरु भएको छ । समाजमा हुने विविध समस्या समाधानका लागि स्थानीय निकायका हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने नीति आए अनुसार यस किसिमको तालिमको आयोजना गरिएको प्राकृतिक स्रोत दन्द्ध रुपान्रण केन्द्र नेपालकी केन्द्रीय स्रोत व्यक्ति संगिता थापाले बताउनु भयो । हरेक वडामा गठित मेलमिलाप समितिका ३० जना प्रतिनिधि तालिमको सहजीकरण स्रोत व्यक्ति संगीता थापाले गर्दैछिन् ।