• काठमाडौं । मुलुकको संबिधानले खुलेआम धर्म प्रचार गर्न रोक लगाएको छ ।

    नेपालीले धर्म सम्बन्धमा आफ्नो उदारता र प्रगतिशीलता प्रदर्शित गर्न संविधानमा धर्म निरपेक्षताको अवधारणा अपनाए। नेपाल धर्मनिरपेक्ष राष्ट्र भयो।

    हिन्दू राष्ट्रको ठाउँमा धर्म निरपेक्ष हुनु एक कदमअगाडि बढ्नु हो भन्ने पाठ सिकाइयो। यसलाई कतिले खुशीराजीले र कतिले करबलले ग्रहण गरेका छन्। यसैबिच मुलुक भित्र क्रिश्चियन धर्मालम्बीहरुले खुलेआम धर्म प्रचार गरिरहेकाछन्।

    केहि दिनदेखि ती जापानीज दाङको घोराहीमा धर्म प्रचारमा अब्यस्त बनेकाछन् । उनले सो क्षेत्रमा विभिन्न प्रकारका धर्म प्रचारका सामाग्री बोक्दै प्रचार प्रसारमा लागिरहेको अवस्थामा न्यूज अभियन डट कम टिमले फेला पारेको छ ।

    उनीसँगै अन्य दुई विदेशी महिलाको प्रमुख धन्दा पनि धर्म प्रचारनै रहेको भेटिएको छ । जापानीज नागरिक काबाहिरा काजुनोरी र उनको साथमा रहेका दुई महिलाले सु समाचर भन्दै जिल्लाका विभिन्न स्थानमा खुलेआम क्रिश्चियन धर्म प्रचार गरिरहेकाछन् ।

    दिनभर प्रचारमा खटिने बेलुका भएपछि मस्ती गर्ने उनको धन्दा हो । जुन कुरा तस्विरले नै प्रस्ट पार्छ । धर्म परिवर्तन जवर्जस्ती गराउन नपाइने ऐन नियम आउँदा समेत यतिबेला केहि क्रिस्चियनहरु उक्त नियमको खिलापमा गाँउ गाँउ डुलेका छन्। जापानीज नागरिक काबाहिरा उदाहरणका पात्र हुन् । यसरी खुलेआम धर्म प्रचारमा खटिनेको संख्या हजारौं रहेको छ । यस्ता धर्म प्रचारकलाई समयमै कानुनी डण्डा लगाउन आवस्यक छ ।

    केहि महिना अघि दाङको देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाएको खुलासा भएको थियो । लमही नगरपालिका वडा नं। ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै नगरपालिकामा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

    स्थानीय मनोज चौधरीको पीडित परिवार र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्नहरूलाई नगरपालिकामा राखेर छलफल समेत गराएको थियो । नगरपालिकाको न्याय समितिका संयोजक तथा उपमेयर देवका बेल्वासेले दुवै पक्षलाई छलफलमा राखेको बताइन्।

    स्थानिय डोरबहादुर के।सी।को घरमा डेरागरी बस्ने विदेशी महिलाहरूले प्रलोभन देखाएर जबरजस्ती क्रिश्चियन धर्म मान्न दबाव दिएका थिए । उनीहरुले खुल्न नसकेको बस्तु सेवन गर्न लगाएको निवेदनमा उल्लेख भएको थियो । धर्मपरिवर्तन गर्न सुरुमा भरिने वप्तिस्मा आवेदन फारम भर्न लगाएको प्रमाण सहित निवेदन पेस भएपछि चौतर्फी विरोध भएको थियो ।

    क्रिश्चियनहरूले नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गरेका समाचार र आरोपहरू आइरहेका बेला लमही बजारमा साधारण थारु परिवारलाई जबरजस्ती क्रिश्चियन बनाएको घटनाले अन्य धर्म समुदायकाहरू आक्रोशित भएकाछन् ।

    धर्म निरपेक्ष बनाउनुको मतलब जवर्जस्ती धर्म प्रचार गर्न पाउनु होइन। धर्मनिरपेक्ष गर्नुको मतलब अर्काको धर्मलाई आलोचना गर्न पाउनु होइन। धर्म प्रचारकहरूले यो कुराको विशेष ख्याल राख्नु पर्दछ।

    विभिन्न प्रकारका भिषामा नेपाल प्रबेश गरेका यस्ता धर्म प्रचारकहरूले गरिबी र अशिक्षाका नाममा आफ्नो गैरकानुनी धन्दा चलाइरहेकाछन् ।

    सरकारको ध्यान समयमै जाओस्

    खुलेआम धर्म प्रचार गर्ने स्वदेशी होस् या विदेशी सरकारको ध्यान समयमै जाओस् ।

    सरकारमा बस्नेहरूले र प्रशासनमा रहेकाहरुले धर्म निरपेक्षताको मर्म बुझ्नु पर्दछ। धर्म निरपेक्षता भनेको एक धर्मले अर्को धर्मलाई निरिहता गराउने होइन । राज्यको कानुनले बर्जित गरेको धर्म प्रचारमा यी विदेशी कस्को आड भरोसामा लागिरहेकाछन् । समयमै खोजी गर्नु पर्ने देखिन्छ ।

    अहिले जे-जसरी धर्म प्रचार भइरहेको छ, त्यसमा रोक लगाउनु पर्दछ। अहिले एक पक्ष अर्थात क्रिश्चियनमात्र यसमा लागेको छ। शान्ति, सु(व्यवस्था खलबलिएको छैन। तर भोलि अर्को पक्ष अर्थात हिन्दुधर्मालम्बीहरु पनि आक्रामक किसिमले आयो भने त्यसको परिणाम के होला ? त्यो बुझ्नु पर्दछ।

    प्रशासनमा बस्नेहरूमा किंचितमात्र दूरदर्शिता छ भने धर्म प्रचार गर्ने जुन काम एकतर्फी रुपमा भइरहेछ, त्यसलाई तुरुन्त रोक्नु पर्दछ। अन्यथा स्थिती भयावह हुनेछ ।न्यूजअभियान

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…