• काठमाडौं, २१ पुस, राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पछिल्लो समय निक्कै टिकाटिप्पणी भयो । १८ करोडको गाडी खरिद, नेपाल प्रहरीको तालिम केन्द्र हटाउने विषय र हेलिकोप्टर खरिद प्रकरणमा राष्ट्रपतिको आलोचना भयो । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोह र संसदमा समेत यो विषयले निक्कै ठूलो चर्चा पायो ।

    यी विषयहरुमा खुलेर सर्वसाधारणले विरोध गरिरहेका छन् । राष्ट्रपतिलाई केको सुरक्षा संवेदनशीलता छ ? त्यत्रो कार्यालय र क्षेत्र हुँदा हुँदै किन बढाउनु पर्ने ? गरिब देशको राष्ट्रपतिले हेलिकोप्टर चढ्ने सपना किन देखेको ? भन्दै सर्वत्र विरोध भइरहेको छ । यसरी विरोध गर्नेहरु नागरिक मात्रै छैनन् । राजनीतिक दलका नेता, सांसद तथा सत्तारुढ दलकै नेताहरुले पनि यसको विरोध गरेका छन् ।

    यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन् । एक कार्यक्रममा बोल्दै उनले भने, ‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’ राणाले भने, ‘राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाइएका छन्, राष्ट्रपतिलाई सुविधा नै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ ।’

    अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भिर आरोप लगाएका छन् । राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका थिए ।आजको खबर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…