• काठमाडौँ, २१ 

    नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताउनुभएको छ । त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका– २६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुई तिहाईको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको विश्वसनीयता घटेको बताउनुभएको हो ।

    बहुमतकोे बलमा सरकारले आदलतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई शपथ खुवाएको र वाइडबडी जाहाज किनबेचमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको नेता सिंहले उल्लेख गर्नुभयो

    उहाँले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न बिपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताउनुभयो ।

    प्रदेश सांसद जीवन डङ्गोलले बिपी कोइरालाले लिएको मेलमिलाप नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । “विभिन्न दलसँग मेलमिलाप गरेका कारण मुलुक आज यो अवस्थामा आएको हो,”उहाँले भन्नुभयो ।

    काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काङ्ग्रेस कामनपा–२६ का सचिव ख्याम तिवारीले सबै मिलेर काठमाडौँ काङ्ग्रेसको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । आठवर्ष लामो निर्वासन पछि विसं २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताले भारतबाट मेलमिलापको नीति लिएर आएको स्मरणमा हरेक वर्ष काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ८० नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…