• काठमाडौं । सञ्चार क्षेत्रमा मुलुकको धरोहर हो गोरखापत्र संस्थान । गोरखापत्र संस्थानको इतिहास लामो छ ।

    गोरखापत्र संस्थानलाई यहाँ सम्म डोर्याउनका लागि अहोरात्र खटिने धेरै कर्मचारीहरुको इतिहास पनि कम छैन् ।

    पछिल्लो समय गोरखापत्र संस्थान बनाउने भन्दा रजाँई गर्नेहरुको दब्दवा बढेको छ । संस्थानमा पुर्व एमालेहरुले दाँई मच्चाएपछि पुर्व एमाओवादी निकट कर्मचारीहरु समेत यतिबेला पुर्पुरोमा हात लगाएर दैनिकी कटाएका छन् ।

    पछिल्लो समय फेरि गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा पत्रकार गोपाल खनालले नियुक्त पाएका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकबाट खनाललाई नियुक्त गरेको जानकारी दिए ।

    त्यसो त यो अनावश्यक नियुक्ति हो, जागिर खुवाउने बाटो मात्रै, सत्ताको दुरुपयोग हो,संस्थानमा कार्यरत कर्मचारीहरुले भने ।

    विदेश मामिला सल्लाहकार राजन भट्टराईका साढु भाई, रविन्द्र अधिकारीका जेठान भएकाले आवश्यकताले भन्दा नातावादले नियुक्त गरिएको हो भन्दै आक्रोस ब्यक्त भएको छ ।

    टाट पल्टीदै गएको गोर्खापत्रमा अनावश्यक भर्ती केन्द्र बनाइदैछ । यसअघि टिकाराम राईलाई ब्यवस्थापन विज्ञ भनेर नियुक्त गरिएको थियो । त्यसैगरि संस्थान ऐनमै नभएको कार्यकारी अध्यक्ष मुरारी भण्डारीले जिम्मेवारी लिएसँगै खैलाबैला मच्चिएको थियो ।

    कानुनी सल्लाहाकारमा कुमार भट्टराईले जिम्मा लिएका छन् । विशिष्ट श्रेणीको सुविधा सहित बाहिरबाट भित्राइएकाहरुको सुविधा पनि निकै लोभ लाग्दो हुन्छ । उनीहरुलाई तलव,भत्ता गाडी,डाइभर तेल सुविधा हुन्छ । जुन संस्थानका लागि अति अनावस्यक बोझ हो । विज्ञका नाममा संस्थानमा प्रवेश पाएकाहरुले १०:३० बजे बैठक भन्ने २:३० बजे छड्के भन्ने ।

    समाचार स्वतन्त्रतामा लगाम लगाउने गरेको बुझिएको छ । हरेक दिन १०:३० बजे कर्मचारीहरुलाई परेड खेलाउने ,छड्के भन्ने तलव भत्ता पचाउनेले संस्थान डुवाउने भए कर्मचारीहरु विच तितो पोख्न थालेका छन् । चिडियाखानाको नियतीले आजित भएको चर्चा चलेको छ ।

    संस्थानको प्रशासन गृहबाट हायल कायल भएपछि कर्मचारीहरुले राजिनामा समेत गर्ने क्रम चलेको छ । सह सम्पादक ओम थापाले हिजो मात्रै राजिनामा दिएका छन् ।

    गोरखापत्रका कर्मचारीले त्यसलाई पनि अनावश्यक खर्च र भिड बढाउने बोझ मात्रै भनेका छन् । गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठ र राइजिंग नेपालका जगदिस पोख्रेलले ११ बजे विज्ञ भनिएका सल्लाकार राईकार्यकक्षमा हाजिर भएर भोली छाप्ने समाचार र पाठ्य सामाग्रीको आदेश लिने गरेका छन् ।

    यस्तो कर्मकाण्ड पन्चायतमा पनि हुदैँन थियो स्रोत भन्छ । यसै विच कार्यकारी अध्यक्षले दैनिक १५ हजार बैठक भत्ता र खाजा खर्च आफै दिन सक्ने स्विकृत अधिकार प्रत्यायोजन गरे पछि उनको हालीमुहाली झन् चर्किएको छ ।

    कुनै समय अनुसन्धान विभागमा काम गरिएको भनिएका राईले संस्थान नजिकै रहेको नेपाल प्रहरीको जनसेवा प्रहरी कार्यलयबाट ५ जना प्रहरी सहित भ्यान खटाएर संस्थानको गेटमै राखेर कर्मचारीहरुलाई आतंकित तुल्याएका छन् ।

    गोरखापत्र संस्थानमा दुई दशक भन्दा लामो रगत पसिना बगाएर महाप्रबन्धकको जिम्मेवारी पाएका बसन्त उपाध्यायलाई सकसमा पारेर पाहुनाका रुपमा भित्रिएकाहरुको रजाईले संस्थान भद्रगोल अवस्थामा गुज्रिएपछि संस्थानको चिन्ता बढेको कर्मचारीहरु बताउँ छन् ।

    गोरखापत्रमा नियुक्तीका नाममा अनावश्यक कार्यकर्ता पोस्दा थप धरासायी हुने भएकोमा चिन्ता ब्यक्त गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…