• काठमाडौं । नेपाल विद्यार्थि संघका सभापति नैनसिंह महरले सामान्य धर्म ननिभाएको भन्दै एक विद्यार्थि नेताले आक्रोस पोखेका छन् ।

    नेपाल विद्यार्थि सघका केन्द्रीय सदस्य लिखेत श्रेष्ठले न्यूज अभियान मार्फ आक्रोस ब्यक्त गरेका हुन् ।

    नेपाल विद्यार्थि सघको १४ औं महाधिवेशनको तयारी चलिरहेका बेला नेबि संघको केन्द्रीय कार्य समितिको निर्देशन अनुसार तनहुँ जिल्लामा अधिबेशनको प्रक्रिया पूरा गरि काठमाडौं फर्किने क्रममा गाडी दुर्घटनामा परेका केन्द्रिय प्रतिनिधि लिखेत श्रेष्ठ, पब्लिक युथ क्याम्पसका नेता कुसग्र बिमली गम्भीर घाइते भएका थिए । दुर्घटनामा कुसाग्रको हात तीन ठाँउमा भाचिएको थियो ।

    यस्तो संवेदनसिल घटनालाई पनि केन्द्रीय अध्यक्ष नयन सिंह महरले आफ्नो सामान्य धर्म पनि ननिभाइ कुनै पहल र सहानुभुती नदेखाएको भन्दै आक्रो ब्यक्त भएको हो ।

    उनले घटनालाई उल्टै ठट्टा र मजाकका रुपमा लिएको उनीहरुको आरोप छ । घाइते विद्यार्थी नेताहरु प्रति एउटा बिज्ञप्ति समेत प्रकाशन नगरेको भन्दै विद्यार्थि नेता श्रेष्ठले आक्रोस ब्यक्त गरेका हुन्।

    संगठन विस्तारको सिलसिलामा तनहुँ जिल्लामा दुर्घटना हुँदा पोखराको मेत्रो सिटी हस्पिटलमा १० दिन सम्म उपचार भईरहदा समेत नेवि संघका नेताहरुवाट कुनै पनि प्रकारको सामाजिक सहयोग नभएको उल्टै रक्सी खाएर गाडी आफैले खसालेको भन्ने जस्तो हावा कुरा फिजार्इ आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको नेता श्रेष्ठको आरोेप छ ।


    आफू सरकारी जागिर छोडेर यो संगठनमा लागेको मान्छे । संगठनकै कुरामा साढे दुई बर्ष जेल भोगेको मान्छे हुँ । तर संगठनकै कामको सिलसिलामा जाँदा झन्डै मृत्युको मुखमा पुग्दा पनि चरा मुसा खसे जस्तो गरि कसैले कोहिवाट उद्दार नपाए को गुनासो गर्दै केन्द्रिय सदस्य लिखित श्रेष्ठ भन्नूभयो ।

    अध्यक्ष महरले दुर्घटनामा परि ३ ठाउँमा हात भचिएका नेता कुसग्रको स्वास्थ्य स्थिती बुझेकाछैनन् । दुर्घटनामा परि कचाक कुचुक भएको बेवारिस अबस्थामा रहेको गाडीको स्थिती बुझ्न समेत औचित्य ठानेनन् । उद्दार को कुनै मतलब छैन् श्रेष्ठको आरोप छ ।

    आफ्नै घर त हेर्न नसक्ने सभापति महरले अरु के नै गर्न सक्छन् र भन्दै नेता श्रेष्ठले थपे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…