• डडेल्धुरा – कम्युनिस्ट मेयर र नेताहरूले सुविधाका नाममा लुट मच्चाइरहेको खबर सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट कांग्रेस मेयरको सुखद खबर आएको छ ।

    स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाबाट विजयी जनप्रतिनिधि सेवा सुविधाभोगी भएको आरोप आम बनिसकेको छ ।

    विकास र समृद्धिका सपना बाडेर विजयी भएका जनप्रतिनिधिहरु आफ्नै सेवा सुविधा बढाउनमा केन्द्रित भएपछि जनतामा निराशा बढेको छ ।

    देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले नगरपालिकाबाट सेवासुविधा नलिएर एक कप चिया मात्रै पिएर जनताको सेवा गरिरहेका छन् । अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले आवश्यकता भन्दा बढी सेवा सुविधा लिने, विकास निर्माणका काममा कमिसन खाने परिपाटी हावी भएको अवस्थामा कांग्रेसका मेयर साउँद कुनै पनि शीर्षकमा सेवासुविधा लिँदैनन् ।

    नियम अनुसार आफूले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता मेयर साउदले लिएका छैनन् । नियम अनुसार पाउने सबै सेवा सुविधा समेत सिधै कोषमा जाने गरी मेयर साउदले मेयर कोष स्थापना गरिसकेका छन् ।

    मेयर कोषमा जम्मा हुने रकम निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, विभिन्न रोगले ग्रसित बिरामी र अन्य सामाजिक काममा खर्च गर्ने गरी मेयर साउँदले कोष स्थापना गरेका थिए । कोष स्थापना भएपछि पर्शुराम नगरपालिकाका धेरै विपन्न समुदायका बालबालिकाले पढ्न पाएका छन् भने धेरै बाढीपीडितले राहत, उपचार नपाएकाले उपचार पाएका छन् ।

    पर्शुराम नगरपालिकाका कानुनी सल्लाहरका गोविन्दराज जोशीले मेयर कोषबाट धेरै पर्शुरामवासीले राहत पाएको बताए । पुर्शराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले पर्शुराम नगरपालिकाका वासिन्दाले मनकारी मेयर पाएको बताए । उनले लिनै पर्ने सेवा सुविधा मेयर कोषमा जाने र अन्य कुनै पनि सेवा सुविधा मेयर साउदले नलिएको बताए ।

    ‘मेयर साउदले नगरपालिकाबाट पाउने भनेको दैनिक एक कप चिया मात्रै हो । आफ्नै गाडी चढ्दै आएका मेयर साउँदले ईन्धन पनि व्यक्तिगत खर्चबाटै हाल्ने गरेका छन्,’ प्रमुख प्रशासकीय अधिकृत शाक्यले भने, ‘आफ्नो निजी गाडी प्रयोग गर्छन्, तेल पनि निजी खर्चबाट चलाउँछन्, वडामा भ्रमण गर्दा कानुनी रूपमा पाउने कुनै पनि भत्ताको लालच छैन ।’

    मेयर साउँदले जनताको सेवाका लागि निर्वाचन लडेको र जनताले नै विजयी गराएकाले उनीहरुकै करबाट आफ्नो सेवा सुविधा थप्नेमा ध्यान नै नगएको बताए । उनले राजीनिती सेवाकै लागि सुरु गरेकाले कुनै पनि सेवा सुविधा नलिएको बताए ।

    प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब तोकेको पनि मेयर साउँदलाई मन परेको छैन । उनले सेवा सुविधाभोगि भएका जनप्रतिनिधिलाई सुझाव दिँदै भने, जनताको मतको कदर गर्दै विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए ।

    धेरैले मेयर साउँदले कुनै पनि सेवासुविधा नलिने गरेको सुन्दा उनको खर्च व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासा पनि धेरैलाई लागेको होला । सुदूरपश्चिममा भने धेरैलाई थाहा छ, मेयर साउँद एउटा सफल निर्माण व्यवसायी हुन् ।

    उनी राजेन्द्र निर्माण सेवाका सञ्चालक हुन् । तर अहिले उनले सक्रिय सञ्चालकबाट बाहिरिएर नाफा मात्रै लिने गरेका छन् । कम्पनीकै नाफाबाट उनले व्यक्तिगत खर्च चलाउँछन् । मेयर साउँदले सेवासुविधा नलिएर सर्वसाधारणमा खर्च गर्न थालेपछि स्थानीय स्तरमा कांग्रेसको लोकप्रियता बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…