• चितवन, २१ पुस : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।

    नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
    आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उहाँले पार्टी गुट उपगुटले ध्वस्त भएको बताउनुभयो । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उहाँको भनाइ थियो ।

    आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उहाँको भनाइ थियो । अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

    यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण काङ्ग्रेस कमजोर बनेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यले बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

    सो अवसरमा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, कोषाध्यक्ष शिब वराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कृयाशिल जेष्ठ सदस्य १० जना र पार्टीलाई विभिन्न समयमा सहयोग पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…