• लेटाङ । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार पछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता नलाए नेपाली कांग्रेस देशभर आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । मोरङको लेटाङमा नेपाल राष्ट्रिय मगर सङ्घको केन्द्रीय समितिद्वारा आयोजित प्रदेश नं.१ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    सरकारले निर्मलाको हत्या सार्वजनिक गर्नको साटो बिभिन्न वहानामा आलटाल गर्दै बचाउ गरेको आरोप समेत लगाउनुभयो । प्रमाण मेटाएर नै अपरोधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँलै उहाँले निर्मलाको परिवारले न्याय नपाएसम्म काङ्ग्रेसले यो मद्दालाई नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उहाँले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिनुभयो ।

    सभापति देउवाले वाइडवडी जहाज प्रकरणमा मुछिएका ब्यक्तिलाई सरकार जोगाउन लागेको आरोप लगाउनु भयो । दुई तिहाईको सरकारले उपलब्धी मुलक काम गर्न सकेको छैन, बहुमतको दम्भमात्र देखाएको छ,उहाँले भन्नुभयो ।

    सरकारले जथाभावी कर लगाएर उद्योगी ब्यावसायीलाई दुख दिइरहेको उल्लेख गर्नुभयो । उहाँले धर्म संस्कृति, सस्कार ,लिपि र भाषाको संरक्षण गर्न सकेमात्र समूदायको सांस्कृतिक विकास हुने बताउँनु भयो । संविधानले सामवेशिताको ब्यवस्था गरिसकेको उल्लेख गर्दै अबको हाम्रो दायित्व सबै वर्ग, जात जाति, लिङ्ग र वर्णलाई राज्यको मुलधारमा पुर्याउने रहेको बताउनु भयो ।

    सङ्घका केन्द्रीय सभापति ओम थापा घर्तिमगरको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला,डा.मीनेन्द्र रिजाल र मोरङ सभापति डिगबहादुर लिम्बूले बोल्नु भएको थियो ।
    दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता शर्मा, सह महामन्त्री महत र केन्द्रीय सदस्य रिजालले सहजीकरण गर्नु हुने छ । प्रशिक्षणमा ८० जनाको सहभागिता रहेको छ ।

    https://www.youtube.com/watch?time_continue=64&v=zNimWqSbxsg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…