• सतिले सरापेर नबनेको देश भनेर भ्रम छर्दै भ्रष्टाचार गरेर देश खोक्रो बनाउने भ्रष्ट नेता, गुन्डा , दलाल सबैलाई एक एक गरि पर्दाफास गरेर चरित्र उदाङ्गो पार्दै गए । जे उनले गरिरहेका थिए त्यो जनताले बर्षौ देखि चाहिरहेका थिए । त्यसैले जनताको आशा भरोसाको केन्द्र बन्दै गए। घामले पोल्ला कि भनेर डराएनन , रुखले लडेर किच्ला कि भनेर भागेनन । गुन्डा , भ्रष्टाचारी , दलालहरुको धम्कीले गलाएन किनकी करोडौं जनता रविको रक्षक बनेर उभिए । यस्ता पत्रकारहरुको खडेरीमा रवि शीतल बर्षात बनेर आए। जनताको सुख्खा मनलाई रसिलो बनाउदै गए। भने भ्रष्टाचारी र चोर दलाललाई भेल बनेर बगाउदै गए। यसले जनताहरुलाई त राहत मिल्दै गयो भने घुस्याहा फटाहाहरुको लागि आघात बन्दै गयो र उनलाई गलत देखाउने अनेक प्रपन्च रचिन थाल्यो। बिदेशी भएर नेपालमा पत्रकारिता गर्छ यसलाई देश निकाला गर्नुपर्छ भनियो। त्यसबाट पार लागेन । उनको ब्यक्तिगत जीवनका घटनाहरु जसले यो समाजमा कुनै हानी पुर्याएको छैन त्यस्ता अति आन्तरिक कुरालाई निकालेर पनि गिराउन खोजियो तर पनि सफल हुन सकेन ।

    वीरेन्द्रकुमार श्रेष्ठ

    गतबर्ष जुलाइ 2018 मा पाकिस्तानमा चुनाव हुनु भन्दा केहि अगाडि मात्र उनकी पुर्व श्रीमती रेहम खानले आफ्नो बायोग्राफी किताब निकाल्दै इमरान खानको चरीत्र हत्या गर्ने सक्दो प्रयास गरिन । भ्रष्टाचार बिरोधि गतिविधि र देश बिकास प्रति देशभक्त र इमान्दार इमरानको पाकिस्तानमा लोकप्रियता चुलिएर प्रधानमन्त्री हुने सम्भावना उच्च रहेको बेलामा उनकी पुर्व श्रीमतीले इमरानको पाँच जना नाजायज बच्चाहरु रहेको, इमरान समलिङ्गी भएको र एउटा मानिससँग लामो समय लिभिङ टुगेदरमा रहेको, नियमित लागुपदार्थ लिने गरेको, स्त्री लम्पट रहेको जस्ता संगीन आरोपहरु लागाइन । यो कुराले पाकिस्तानमा खैलाबैला मच्चियो । त्यो भन्दा धेरै मसला भरेर समाचार त इन्डियन न्युजहरुमा बन्यो। खुट्टा तान्ने, लडाउने, पछार्ने काम शत्रुकै हुन्छ। इमरानको चरित्र हत्या गराएर चुनावमा हराउने प्रकारका हजारौं समाचारहरु बने। तर जनताले यी सब कुराहरुलाई वास्ता गरेनन् । यी कुराहरुको पछाडि लागेनन । हिजो इमरान त्यस्ता थिए कि थिएनन् त्यसको पछाडि जनता लागेनन ।वीरेन्द्रकुमार श्रेष्ठ

    अहिले इमरान के गर्दैछन त्यसलाई बिचार गरे । उनको निडर र स्वच्छ छविको नेतृत्वमा जनता बिस्वस्त थिए । यी गलत प्रचारबाजीको पछि लागेर एउटा सच्चा देश र जनप्रेमी नेता गुमाउन चाहेनन् । अन्त्यमा रेहम खानको इमरान खानलाई बदनाम गराएर चुनाव हराउने षड्यन्त्रले फेल खायो। इमरान खान प्रधानमन्त्री बने र एक पछि अर्को जनप्रिय र देशको हितको काम गर्दै पाकिस्तानमा मात्र हैन संसारमै लोकप्रिय बनिरहेका छन । हामी पनि नेपालका नेताहरुलाई इमरानबाट केही त सिक भन्दै समाचारहरु सेयर गरिरहेका हुन्छौ। यदि जनताहरु पनि यहि चरित्र हत्याको पछि नै लागेका हुन्थे र इमरान पनि यो कुराले बिचलित हुन्थे भने पाकिस्तानले एउटा राम्रो नेतालाई यहि कारणले गुमाउथ्यो। क्रिकेट खेलाडीबाट करिअर शुरु गरेका इमरान अहिले उदाहरणीय नेता बनेर देश हाकिरहेका छन । उनि खेलाडी थिए, देशको राजनीतिक अस्थिरता खिचातानी , भ्रष्टाचारले मन पोल्यो अनि राजनीतिमा आए लोकप्रियता कमाए । प्रधानमन्त्री बने। यसले अरु दात तिखारेर बसेकाहरुको भाग खोसियो, देश लुट्ने योजनाहरु तुहियो। अनि चरित्र हत्या गर्ने, गिराउने खोजीमा लागे र लागिरहेका छन ।



    रवि झुल्किनु भन्दा पहिले देखि यहाँ हजारौं पत्रकारहरु झुल्किरहेका थिए । र झुल्किरहेका छन । नाम त स्वतन्त्र र निष्पक्ष पत्रकारिताको दिए तर कोहि काङ्ग्रेसका लागि झुल्किए त कोहि कम्युनिस्टका लागि । कोहि सरकारको बचाउको लागि झुल्किए त कोहि सरकारको बिरोध गर्नकै लागि झुल्किए। केही देशकै लागि झुल्किन खोजे तर सुर्यले म भिटामिन डी र न्यानो दिउला मतिर आउ भनेर आफुतिर तान्यो भने , केहिलाई चाहिँ रुखले तिमीलाई घामले पोल्छ यता आउ म छहारी पनि दिन्छु फल पनि दिन्छु भनेर फकाएर आफ्नो बनायो। अनि फेरि केहिलाई NGO , INGO ले देशमा झगडा बनाइराख्न कलम चलाउने सर्तमा हड्डी देखाउदै लोभ्याएर आफ्नो बनायो। बाकी रहेका जो कसैको प्रलोभनमा परेनन। उनिहरुलाई सुर्य-रुख नै मिलेर डढाएर-किचेर उठ्नै नसक्ने बनाए। बचेका केही उनीहरुको आवाजको न कसैले वास्तै गर्थ्यो न संप्रेसण नै, घरको न घाटको भएपछि बिदेशिन बाध्य समेत भए।

    यस्तो दुषित वातावरणमा झुल्किएका रवि लामिछानेले राजनैतिक पार्टीका आडमा सल्बलाएका धुलाका कणहरुको मुहान बन्द गर्न तर्फ लागे, भ्रष्टाचारले पुटुस्स मोटाएका किर्नाहरुलाई नङको बीचमा राखेर पिटिक्क पिटिक्क पड्काउन थाले। नेपाली दिदीबहिनीहरु बेचुवा दलाल , बलत्कारीहरुको लागि यमराज बनेर उदाए। देश बिदेशमा पीडित दिदीबहिनी , दाजुभाइहरुको लागि भगवान बनेर उदाए । गुन्डाहरुको सातो लिदै थिए । गरिब बेसहाराहरुलाई घर र बाटो दिदैथिए। दुर्गममा अस्पताल र खेलाडीका लागि रंगशाला बनाउन सम्म लागिपरेका थिए। न कुनै नेताले जस्तो पार्टीको हितको लागि बोले, न आदिवासी, जनजाती , मधेसी, दलितलाई फोकस बनाएर नै बोले। जे समस्या गाउँमा छ, शहरमा छ र समग्र देशमा छ त्यसलाई उजागर गरे, त्यसको समाधानका लागि सरकार, कर्मचारी , प्रशासन , प्रहरी र जनता सबैलाई लागि पर्न बाध्य बनाए। यो कुराले ३ करोड जनतामा उनको लोकप्रियता चुलियो ।

    सतिले सरापेर नबनेको देश भनेर भ्रम छर्दै भ्रष्टाचार गरेर देश खोक्रो बनाउने भ्रष्ट नेता, गुन्डा , दलाल सबैलाई एक एक गरि पर्दाफास गरेर चरित्र उदाङ्गो पार्दै गए । जे उनले गरिरहेका थिए त्यो जनताले बर्षौ देखि चाहिरहेका थिए । त्यसैले जनताको आशा भरोसाको केन्द्र बन्दै गए। घामले पोल्ला कि भनेर डराएनन , रुखले लडेर किच्ला कि भनेर भागेनन । गुन्डा , भ्रष्टाचारी , दलालहरुको धम्कीले गलाएन किनकी करोडौं जनता रविको रक्षक बनेर उभिए । यस्ता पत्रकारहरुको खडेरीमा रवि शीतल बर्षात बनेर आए। जनताको सुख्खा मनलाई रसिलो बनाउदै गए। भने भ्रष्टाचारी र चोर दलाललाई भेल बनेर बगाउदै गए। यसले जनताहरुलाई त राहत मिल्दै गयो भने घुस्याहा फटाहाहरुको लागि आघात बन्दै गयो र उनलाई गलत देखाउने अनेक प्रपन्च रचिन थाल्यो। बिदेशी भएर नेपालमा पत्रकारिता गर्छ यसलाई देश निकाला गर्नुपर्छ भनियो। त्यसबाट पार लागेन । उनको ब्यक्तिगत जीवनका घटनाहरु जसले यो समाजमा कुनै हानी पुर्याएको छैन त्यस्ता अति आन्तरिक कुरालाई निकालेर पनि गिराउन खोजियो तर पनि सफल हुन सकेन ।



    आज उनकै पुर्व श्रीमती उनको बदनाम गर्न लागिरहेकी छिन । उनी आफै लागेकी हुन वा कसैको उक्साहटमा त्यो उनैलाई थाहा होला । तर उनले यति कुरा बुझ्नु पर्थ्यो कि, बिवाह बन्धन यस्तो एउटा सम्झौता हो जुन सम्बन्ध एक अर्काप्रतिको माया, बिश्वास , सम्मान , हेरबिचार , सहयोगमा टिकेको हुन्छ। श्रीमान - श्रीमती सबैभन्दा नजिकको साथी भएकाले , एक अर्कासँग पुरै जिन्दगी बिताउनु पर्ने भएकोले माया, बिश्वास , हेरबिचार, सम्मान, सहयोग दुई तर्फबाटै बराबर हुनुपर्छ । एकजनाले एकातिर बाट यी सबै कुराहरू पूरा गर्ने, पसिना बगाएर हैरान भएर पनि आउन आउने तर घरमा आफ्नो सहयात्रीले चाहिँ वास्तै नगर्ने , उल्टै गाली बेइज्जत गर्ने र निराश बनाउने हो भने कसरी जिन्दगी अगाडि बढ्न सक्छ ? सधै असमझदारी र निराशामा जिन्दगी बिताउनु भन्दा यस्तो सम्बन्ध तोडिएकै जाती। र त्यही भयो पनि । अब इशाले रेहम खानले इमरान खानको चरित्र हत्या गरेजस्तो रविको बदनाम गराउन नखोजेकै राम्रो।

    अहिलेको जमानामा जबर्जस्ति डिभोर्स गराइयो भनेर शिक्षित नारीले भन्नू लज्जास्पद कुरा हो। अब रविले सक्षम बनाइदिएका छन , सम्पुर्ण श्रीसम्पत्ती जिम्मा लगाइदिएका छन , छोरीहरुको भविस्यको जिम्मेवारी पनि लिन्छु, ऋण पनि तिरिदिन्छु भनिसकेपछी आफ्नो गरेर खाएर तिमीले चुप लागेर बसेकै राम्रो। रविलाई अवरोध नडाल उनलाई अगाडि बढ्न देउ। रवि ३ करोड जनताको उज्यालो आशा बनेर झुल्किएका छन । सक्छौ सफलताको कामना गर तिम्रो पुर्व श्रीमान नै हुन , सक्दैनौ धेरै पीडा नदेउ चुपचाप बस।

    जनताले उनि जस्ता निडर, स्वतन्त्र बिचारक, निष्पक्ष , भ्रष्टाचारीलाई पाता फर्काउने , दलाल र गुन्डाहरुको सातो लाने, लुटाहा नेताहरुलाई नाङ्गो बनाउने , गरिब दुखीको सहारा बनिदिने , सबैलाई बिना भेदभाव सहयोग गर्ने ब्यक्ति भावी प्रधानमन्त्री खोजिरहेका छन त्यसैले, हे !दुइतिहाइको बाम सरकार अनि विपक्षमा बसेका पार्टीहरु यदि देशको हितकै लागि राजनीति गरेका हौ भने प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्थाको कायम संबिधानमा गरेर रवि जस्ता ब्यक्तिहरुलाई देशको बागडोर जिम्मा लगाओ। हामी रवि जस्ता जनप्रेमी , देशप्रेमी देशको अभिभावक भएको हेर्न चाहन्छौ। यसका लागि फेरि अर्को ६२/६३ भन्दा ठूलो आन्दोलन गर्न नपरोस ।

    https://www.youtube.com/watch?v=SKxJ0T_RbNQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…