• बाहुनडाँगी, २१ पुस। त्रिभुवन नगर जेसीज दाङको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । सन् २०१९ को लागि निर्वाचित नयाँ नेतृत्वले शनिवार पदभार लिएको हो । सन् २०१९ का अध्यक्ष बसन्तराज अधिकारीलाई सन् २०१८ का अध्यक्ष लालमणि भण्डारीले पदको सपथ खुवाएका थिए । अधिकारीले सपथ गरेसँगै उनले अन्य पदाधिकारी र सदस्यलाई सपथ खुवाएका थिए । पदभार गर्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले जेसीजको आप्mनो कार्यकाललाई तालिम वर्षको रुपमा मनाउने घोषणा गरे ।
    सन् २०१९का लागि कार्यकारी उपाध्यक्षद्वोय रविकिरण केसी, बुद्धिप्रकाश शर्मा, उपाध्यक्षमा किरण गौतम, रविन्द्रनाथ योगी, युवराज पन्त, सागर शर्मा र सचिव किरण न्यौपाने चयन भएका छन् । त्रिभुवन नगर जेसीज सन २०१८ का अध्यक्ष लालमणि भण्डारीको अध्यक्ष तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एव पूर्व सांसद राजु खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक परितर्वनका लागि युवाहरुमा सकारात्मक सोचको विकास हुनुपर्ने बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले समाज परिवर्तनका लागि युवाको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसका लागि सकारात्मक सोचको विकास गर्नुपर्ने बताइन् ।
    युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि जेसीजको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले जेसीजलाई सामाजिक परितर्वनमा लगाउन आग्रह गरेकी थिइन् । त्यस्तै कार्यक्रममा राजु खनालले त्रिभुवन नगर जेसीजले युवाहरुलाई सक्षम र सवल भएर अगाडि बढ्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जेसीज विधिमा विश्वास गर्ने संस्था भएको भन्दै उनले जेसीजमा आबद्ध युवाहरुलाई आप्mनो नेतृत्व, व्यक्तित्वसँगै सामाजिक कार्यलाई समेत अगाडि बढाउन आग्रह गरेका थिए । कार्यक्रममा   नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, ब्रह्मकुमारीय ईश्वरीय विश्वविद्यालय घोराहीकी उर्मिला दिदी, तुलसीपुर नगर जेसीजका अध्यक्ष दीपेश भण्डारी, लमही नगर जेसीजका अध्यक्ष खेमराज घिमिरे, दाङ महिला जेसीजका अध्यक्ष डोमा पाण्डेय, रोटरी क्लव अफ घोराहीका अध्यक्ष डा निरञ्जन आचार्य अर्जुन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जेसी नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसीज २०१८का महासचिव बुद्धिप्रकाश शर्माले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…