• बलराम तिम्सिना

    रवि लामिछानेले खोतलेर समाचार बनाएका कुराहरू चै सवै सामाजिक भए , तर जव रविको कुरा आयो त्यो व्यक्तिगत तथा पारिवारिक मामला भयो । हैट यस्तो दोहोरो मापदण्ड बनाएको पटक्कै मिलेन। ल ठीक छ उनको पत्रकारिता आक्रामक छ र त्यसले वर्तमान समाजका विकृतिको चिरफार गर्न मद्दत नै पुर्याएको छ भनेर मान्न सकिन्छ।यसो भनेर उनको कमजोरीलाई पनि माफी दिनु त भएन नि ! अझ यो मामलामा महिला मित्रहरूले पनि -" कठैवरी रवि दाइलाई आरोप लगाएका" भनेको सुन्दा - हाम्रो नेपाली समाजमा महिलाहरूको स्टाटस पुरुषलाई कठैवरी भन्न सक्ने हालतमा पुगेकै हो त भनेर म गम खाइरहेको छु ।

    प्रथम श्रीमतीसँग संवन्ध विग्रेपछि रविको दोश्रो विदेशी महिलासँग लसपस भएर बच्चा जन्मेको हो कि , दोश्री महिलासँग बच्चा जन्माउँनेसम्म घटनाक्रम घटेपछि पहिली श्रीमतीसँग स्वत: संवन्ध विग्रेको हो भनेर पनि कैयनले सोचेनन। रविले - म कैयन दिन भोकै बसें, सोफामा सुतें भन्दा पिलपिल आँसु झार्ने हाम्रा पिन्चे मनहरूले रविले विदेशी महिलासँग सल्केर बच्चा जन्माइसक्दा पनि उसकी वैधानिक स्वास्नी बनिरहनू परेको वेला रविकी प्रथम श्रीमती कति दिन रोइन होला, भोकै बसिन होला या आत्महत्या पो गरौ कि भनेर सोचिन होला भनेर पनि धेरैले सोचेको देखिएन । नयाँ महिलातिर बच्चा जन्मेपछि प्रथम श्रीमती पट्टीका छोरीहरूले स्वत:बाबुबाट पाउँने मायाँ पाएनन होला , बाबु आमाको खटपटको प्रभाव वाल मस्तिष्कमा कति पर्यो होला भनेर पनि सोचेको कम देखियो।

    हो रवि पनि यही समाजका मानिस हुन।उनी देउता पनि होइनन र राक्षस पनि होइनन।उनलाई कसैले देवता र कसैले राक्षस देखेर कुरा विग्रेको हो। दाम्पत्य जीवनमा खटपट पर्न सक्छ ।तर एउटी श्रीमतीलाई घरमा राखेर बाहिर अर्को बच्चा जन्माउने घटना न्यायिक त पक्कै भएन नि।उनी यसरी नै जान चाहन्थे ।तर अप्ठेरो आयो तव ऊनी संवन्ध विच्छेद गर्न पुगे। पहिले पनि अमेरिकी पिआर कायम राखेरै नेपालमा उनी कृयाशील थिए। जव नागरिकताको प्रश्न उठ्यो अनि हतारमा पिआर परित्यागको प्रकृया थाले । अहिले पनि हतारमा संवन्ध विच्छेद गरे। उनको तेश्रो विहेको कुरा उठेको छ। के त्यो कुरा सत्य हो भने उनले बच्चाकी आमा बनाइएकी दोश्री महिलासँग संवन्ध विच्छेद गरे ? कि उनको बिबाह दर्ता नै छैन ? बच्चाको जन्म दर्ता त होला ? छ भने बाबुको नाम त पक्कै रवि नै होला ? प्रथम श्रीमतीसँग संवन्ध विच्छेद हुनु अघि उनीमाथि बहुविवाहको मुध्दा चल्ने अवस्था थियो कि थिएन। उनले अव नयाँ विवाह गरे भने त्यो बहुविवाह अन्तरगत पर्छ कि पर्दैन। कि बच्चा वाला दोश्री महिला रविकी श्रीमती नभएर रखौटी मात्र हुन ? के यो कथाभित्रका पात्र पात्र र घटना घटनाको खोजी गर्नु रविको व्यक्तिगत कुरा खोतल्नु मात्र हो ? त्यसो हो भने व्यक्तिगत या पारिवारिक मामलालाई लिएर रविले टेलिभिजनमा कभरेज गर्न चै कसरी मिल्छ ?

    तिम्सिनाको समाजिक सन्जालबाट साभार

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…