• उर्लाबारी, २१ पुस

    प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सवमा उहाँले राष्ट्रले लिएको लक्ष्य उक्त लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

    उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भएपनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बराल, मधु गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा विजेता भएकालाई पुरस्कार र सम्मान गरिएको थियो । विसं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एक हजार १८७ विद्यार्थी अध्ययनरत छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…