• बाहुनडाँगी, २१ पुस । सर्खेत महिला जेसीजको पद हस्तान्तरण, अवार्ड र पुरस्कार वितरण सम्पन्न गरेको छ ।
    शनिवार वीरेन्द्रनगरमा आयोजित एक विषेश समारोहकाबिच वर्ष २०१८ की शाखा अध्यक्ष कृति गुभाजु शाक्यले वर्ष २०१९ की नव निर्वाचित अध्यक्ष लक्ष्मी कार्की प्रधान (सिया) लाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।
    नव निर्वाचित अध्यक्ष कार्कीले आफ्नो समितिमा निर्वाचित भएका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । शाखाको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष प्रमी शाक्य र रश्मी शाक्य, उपाध्यक्ष लक्ष्मी गुरुङ , पबित्रा गुरुङ , कृष्णा शाही र सुबेक्षा श्रेष्ठ रहनु भएको छ । यसैगरी अध्यक्ष कार्कीले महासचिवमा सुमित्रा गौतम कानुनी सल्लाहकारमा लक्ष्मी कार्की, कोषाध्यक्षमा अरुणा बुढाथोकी , तालिम संयोजक निसिता आचार्य , साखा सम्पादक जेसी करुणा मल्ललाई चयन गर्नु भएको छ । उहाँहरु सबैलाई सामुहिक सपथ ग्रहण गराइएको थियो ।
    सोही अवसरमा शाखाले विभिन्न विधाका अवार्ड वितरण गरेको छ । जसमा यसै वर्षबाट सुरु गरिएको पूर्व अध्यक्ष उत्कृष्ट अवार्डबाट पूर्व अध्यक्ष ज्योती पौडेललाई प्रदान गरिएको छ । सुर्खेत महिला जेसीज ले हरेक बर्ष प्रदान गर्ने उत्कृष्ट अवार्ड बर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष सुमित्रा गौतम र सर्वाधिक सहभागिता अवार्ड २०१८ को रक्तदान संयोजक लक्ष्मी गुरुङलाई प्रदान गरिएको छ ।
    शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्व तथा शाखाकी पूर्व अध्यक्ष ज्योती कार्की पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष गुभाजुका प्रथम पुरुष सन्जीबमान शाक्य पुर्ब अध्यक्ष सुस्मा गिरी, २०१८ को अध्यक्ष को ममतामयी आमा कमला जैशी, बिरेन्द्रनगर जेसीज का पुर्ब अध्यक्ष वसन्त थापा ज्यु, बिरेन्द्रनगर जेसीज कै पूर्व अध्यक्ष डाक्टर सिंह गुरुङ, प्रमुख अतिथि ज्योति कार्कीका प्रथम पुरुष विरु पौडेल, बिरेन्द्रनगर जेसीजका पुर्ब अध्यक्ष सागर भुसाल, भद्र भण्डारी, विरेन्द्रनगर नगरपालिका वडा न ६ वडा अध्यक्ष मोति प्रसाद कडेलका साथै विभिन्न संघ सस्थाबाट उल्लेखीय सहभागिता रहेको थियो ।

    सहभागि अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै बर्ष २०१८ ले का अध्यक्ष कृति गुभाजु शाक्यले आफ्नो बर्षलाई उत्कृष्ट बर्षको रुपमा सफल गराउन सहयोग गर्नु हुने सम्पुर्ण सदस्य र बोर्डका सदस्यलाई आफ्नो मन्तव्य को क्रममा मायाको चिनोको साथै आफुलाइ सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो । साथै उहाँले अन्तिम बिदाइ मन्तब्य राख्दा उपस्थितिहरुको माहोल नै भावकु बनेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…