• महोेत्तरी, २१ पुस

    नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले पुरानो अनुभवी नेताको विचार र नयाँ युवा पुस्ताको जोशजाँगरलाई समेटर पार्टीलाई मजबुत बनाउन सकिने बताउनुभएको छ । पछिल्लो समयमा आएर नेपाली काङ्ग्रेस कमजोर बन्दै गएकोतर्फ भन्दै अध्यक्ष बस्नेतले पार्टीलाई मजबुत बनाउन युवा पुस्ता जागरुक हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

    नेपाल तरुण दलले महोत्तरीको औरहीमा ४३आँै राष्ट्रिय एकता दिवस एवं मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले गत चुनावमा तरुण दलका युवालाई परिचालन नगरेकै कारण हार बेहोर्नुपरेको जनाउँदै बस्नेतले अब मिल्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

    एक अर्को प्रसङ्गमा सभापति बस्नेतले वर्तमान ओली नेतृत्वको दुईतिहाइ सरकारले हत्या, हिंसा, बलात्कार रोक्न नसकेको तथा न्यायलय, प्रेसमाथि दमन गर्दै आएको समयमा तरुण दलले सडकमा आएर कडा प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको धारणा राखेका छन् ।

    नेत्री रेखा यादवले इतिहासलाई फर्केर हेर्दा हरेक परिवर्तनको पथमा नेपाली काङ्ग्रेसले अग्रसर भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि यस्ता सकारात्मक भूमिका निर्वाह गर्न काङ्ग्रेस तयार रहेको धारणा राख्नुभयो ।

    सोलुखुम्बु जिल्ला कार्यसमितिका सभापति अरुणकुमार झाले पछिल्लो समयमा नेपाली काङ्ग्रेसले सबैभन्दा उत्कृष्ट विधान पारित गरी देशमै नमूना समावेशीताको पहिचान दिलाउन सफल भएको दाबी गरेका छन् । त्यस्तै महोत्तरी क्षेत्र नं ३ का क्षेत्रीय सभापति दिलीप पाण्डेले मुटुदेखि मुटु मिले मात्र सच्चा रुपमा मेलमिलाप दिवसको उपलब्धि प्राप्त हुने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…