• हिलिहाङ, २१, पुस

    पाँचथरको फिदिममा आजदेखि १०औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रआङ्बो मौसमले खेलकूद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । फिदिम माविको खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने बताउनुभयो ।

    प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी बनेको छ । कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो । झापालाई जिताउन खेलको २६औँ मिनेटमा देवेन्द्र तामाङले, ४९औँ मिनेटमा राजकुमार कन्दङवा र ५७औ मिनेटमा कर्ण लिम्बूले समान १–१ गोल गरेका थिए ।

    जवाफमा ताप्लेजुङको तर्फबाट खेल शुरु भएको छ मिनेटमा अनुप सेन्दाङले सान्त्वनामार्फत एक गोल फर्काएका थिए । आगामी पुस ३० गते फाइनल खेलमा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लबले जनाएको छ ।

    झापा ११, ताप्लेजुङ, आयोजक फिदिम स्पोटिङ क्लब, मोरङ ११, त्रिभुवन आर्मी क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, बिग्रेड ब्वाइज काठमाडौँ, सरस्वती क्लब काठमाडौँ, सुनसरी ११ र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु चार लाख र उपविजेताले रु दुई लाख हात पार्ने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…