• रवि लामिछानेले खोतलेर समाचार बनाएका कुराहरू चै सवै सामाजिक भए , तर जव रविको कुरा आयो त्यो व्यक्तिगत तथा पारिवारिक मामला भयो । हैट यस्तो दोहोरो मापदण्ड बनाएको पटक्कै मिलेन। ल ठीक छ उनको पत्रकारिता आक्रामक छ र त्यसले वर्तमान समाजका विकृतिको चिरफार गर्न मद्दत नै पुर्याएको छ भनेर मान्न सकिन्छ।यसो भनेर उनको कमजोरीलाई पनि माफी दिनु त भएन नि ! अझ यो मामलामा महिला मित्रहरूले पनि -” कठैवरी रवि दाइलाई आरोप लगाएका” भनेको सुन्दा – हाम्रो नेपाली समाजमा महिलाहरूको स्टाटस पुरुषलाई कठैवरी भन्न सक्ने हालतमा पुगेकै हो त भनेर म गम खाइरहेको छु ।

    प्रथम श्रीमतीसँग संवन्ध विग्रेपछि रविको दोश्रो विदेशी महिलासँग लसपस भएर बच्चा जन्मेको हो कि , दोश्री महिलासँग बच्चा जन्माउँनेसम्म घटनाक्रम घटेपछि पहिली श्रीमतीसँग स्वत: संवन्ध विग्रेको हो भनेर पनि कैयनले सोचेनन। रविले – म कैयन दिन भोकै बसें, सोफामा सुतें भन्दा पिलपिल आँसु झार्ने हाम्रा पिन्चे मनहरूले रविले विदेशी महिलासँग सल्केर बच्चा जन्माइसक्दा पनि उसकी वैधानिक स्वास्नी बनिरहनू परेको वेला रविकी प्रथम श्रीमती कति दिन रोइन होला, भोकै बसिन होला या आत्महत्या पो गरौ कि भनेर सोचिन होला भनेर पनि धेरैले सोचेको देखिएन । नयाँ महिलातिर बच्चा जन्मेपछि प्रथम श्रीमती पट्टीका छोरीहरूले स्वत:बाबुबाट पाउँने मायाँ पाएनन होला , बाबु आमाको खटपटको प्रभाव वाल मस्तिष्कमा कति पर्यो होला भनेर पनि सोचेको कम देखियो।

    हो रवि पनि यही समाजका मानिस हुन।उनी देउता पनि होइनन र राक्षस पनि होइनन।उनलाई कसैले देवता र कसैले राक्षस देखेर कुरा विग्रेको हो। दाम्पत्य जीवनमा खटपट पर्न सक्छ ।तर एउटी श्रीमतीलाई घरमा राखेर बाहिर अर्को बच्चा जन्माउने घटना न्यायिक त पक्कै भएन नि।उनी यसरी नै जान चाहन्थे ।तर अप्ठेरो आयो तव ऊनी संवन्ध विच्छेद गर्न पुगे। पहिले पनि अमेरिकी पिआर कायम राखेरै नेपालमा उनी कृयाशील थिए। जव नागरिकताको प्रश्न उठ्यो अनि हतारमा पिआर परित्यागको प्रकृया थाले । अहिले पनि हतारमा संवन्ध विच्छेद गरे। उनको तेश्रो विहेको कुरा उठेको छ। के त्यो कुरा सत्य हो भने उनले बच्चाकी आमा बनाइएकी दोश्री महिलासँग संवन्ध विच्छेद गरे ? कि उनको बिबाह दर्ता नै छैन ? बच्चाको जन्म दर्ता त होला ? छ भने बाबुको नाम त पक्कै रवि नै होला ? प्रथम श्रीमतीसँग संवन्ध विच्छेद हुनु अघि उनीमाथि बहुविवाहको मुध्दा चल्ने अवस्था थियो कि थिएन। उनले अव नयाँ विवाह गरे भने त्यो बहुविवाह अन्तरगत पर्छ कि पर्दैन। कि बच्चा वाला दोश्री महिला रविकी श्रीमती नभएर रखौटी मात्र हुन ? के यो कथाभित्रका पात्र पात्र र घटना घटनाको खोजी गर्नु रविको व्यक्तिगत कुरा खोतल्नु मात्र हो ? त्यसो हो भने व्यक्तिगत या पारिवारिक मामलालाई लिएर रविले टेलिभिजनमा कभरेज गर्न चै कसरी मिल्छ ?

    तिम्सिनाको समाजिक सन्जालबाट साभार

     

    रवि र निकिताको बिहे चर्चा कसरी चल्यो ?

    सार्वजनिक रुपमा नै चर्चित रहेका व्यक्तिको खबर केही छिनमै भाइरल बन्छ । अहिले सामाजिक संजाल र युटुब अनी अनलाइन मिडियाको जमाना हो । सानो कुरा भाइरल हुनका लागि समय लाग्दैन ।
    नेपालका संचारमाध्यममा बिहिबारदेखि एकाएक भाइरल भएका छन् रवि लामिछाने ।

    न्यूज २४ मा सिधा कुरा जनतासँग चलाएर आम जनताको मनमा बसेका रवि लामिछानेको व्यक्तिगत खबर अहिले संचारमाध्यममा तातेको छ । उनले आफ्नी पत्नीसँग डिभोर्स र डिभोर्स अघि नै प्रेमिकासँग बसेर १ सन्तान समेत भएको कुरा रविले स्टाटसमा नै उल्लेख गरेपछि नेपालको संचारमाध्यम तातेको छ ।

    रवि र उनको पूर्व पत्नीसँगको सम्बन्ध र उनीहरु विच के भएको थियो भन्ने बिषयमा हामी नलागौ ।
    रवि र उनकी श्रीमतीविच डिभोर्स भएसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र उनीविच प्रेम रहेको खबर नेपालको केही अनलाइन मिडियामा भाइरल भैरहेको छ ।

    निकिता पौडेलको नाम फेरि किन रविसँग जोडियो ? के हो त रवि र निकिताको सम्बन्धको कुरा ?

    निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि संचारमाध्यममा बढी हिट छिन् । त्यो भन्दा अगाडि उनी गोपिकृष्ण मुभिजको अध्यक्ष थिइन् । नेपाली कांग्रेस सरकारमा रहँदा उनलाई बोर्ड अध्यक्ष बनाइएको हो ।
    बोर्ड अध्यक्ष पौडेल र संचारकर्मी लामिछाने प्रेममा रहेको खबर फैलिएसँगै उनीहरु चर्चामा छन् ।

    बोर्ड अध्यक्ष पौडेल काठमाण्डौको मित्रपार्कस्थित अम्बे स्टेडियममा बस्छिन् । उनको पहिले नै वैवाहिक जीवन टुंगिएको हो । बैबाहिक जीवन टुंगिएपछि उनको नाम रविसँग अहिले जोडिएको छ ।
    रवि लामिछाने पनि सोही अपार्टमेन्टमा बस्दै आएका छन् । उनीहरु अपार्टमेन्टको तल र माथिल्लो फ्लोरमा बस्दै आएका छन् ।

    बोर्ड अध्यक्ष निकिता र रविले बिहे नै गर्न लागेको खबर फैलिएको छ । तर, दुबैले यो कुरालाई स्विकार भने गरेका छैनन् । निकिता र रविले आफूहरु राम्रो साथी मात्र भएको र एउटै अपार्टमेन्टमा बस्ने भएकाले माथि तल गर्दा चिनजान भएको उल्लेख गरेका छन् ।

    रवि लामिछाने हिट भएकाले उनको बारेमा मिडियालाई चासो बढी भएको निकिता बताउँछिन् । निकितासँग प्रेम सम्बन्धमा रहेपछि आफूलाई रविले डिभोर्स दिन दबाब दिएको भनाई रविकी पूर्व पत्नीले सार्वजनिक गरिसकेकी छिन् । यसैले पनि यो खबरलाई अझै बढी बल मिलेको छ । रवि र निकिताले बिहे गर्ने तयारी समेत गरेको र इन्गेजमेन्ट गर्ने पक्का हुँदा रविको काम विशेषले गर्दा गर्न नभ्याएको चर्चा समेत चलेको छ ।

    रवि र निकिता दुबैले बिहे गर्न लागेको कुरालाई अस्विकार मात्र गरेका छैनन् आफूहरु राम्रो साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, सिने वृत्तमा उनीहरु ६ महिनादेखि प्रेममा रहेको चर्चा चलेको केही समय भयो ।
    जे भएपनि दुबैजना कानुनी रुपमा डिभोर्सी छन् । यसैले दुबैले बिहे गरिहाले भने पनि त्यसलाई ठूलो घटनाको रुपमा हेर्न आवश्यक छैन । तर, यो बारेमा तथ्यसत्य रवि र निकिताले सार्वजनिक गरेको खण्डमा त्यो नै हितकर हुनेछ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…