• झापा, २२ पुस
    झापाको हल्दिवारी स्थीत समिक्षा फाउण्डेसनले शिवसताक्षी नगरपालिका को मैनाचरी सामुदायीक विद्यालयका छात्र छात्रालाई आज एक कार्यक्रमका विच जाडोमा लगाउने सुईटर प्रदान गरेको छ ।
    विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दे फाउण्डेसनका चियर पर्सन द्धय धर्म सिवाकोटी र हेम कोईरालाले विद्यार्थीलाई स्वीटर लगाईदिएका हुन । शिवसताक्षी नगरपालिका ११ नम्वर वडाका अति विपन्न वर्गका अभिभावकका छोरा छोरी सो विद्यालयमा अध्ययनरत छन । फाउण्डेसनको शिवसताक्षी प्रमुख निर्मला प्रधानले अति विपन्न वर्गका विद्यार्थी अध्ययनरत विद्यालयको खोजि गर्ने क्रममा मैनाचरी प्राथमिक विद्यालयलाई छनौट गरिएको वताईन ।
    फाउण्डेसनका प्रमुख द्धय सिवाकोटी र कोईराला व्यवासयीक पाट्नर हुन । उनिहरुका छोरी पनि साथीनै हुन । उनिहरुको नामपनि समिक्षा हो । फाउण्डेसनका चियर पर्सन सिवाकोटीले भने, ‘मेरी छोरी भारतको वैङ्गलोर र कोईरालाको छोरी अष्ट्रेलियामा विज्ञान विषयमा अध्ययनरत छन । उनिहरुको नाम वाट दुई महिना अघि मात्र स्थापीत फाउण्डेसनले झापाका अतिविपन्न वर्गका विद्यार्थी अध्ययनरत विद्यालयको खोजि गरि न्यानो कपडा प्रदान गर्दे आएको छ ।’
    फाउण्डेसनले आफ्नै श्रोतमा विद्यार्थीलाई आवस्यकिय वस्तु निशुल्क प्रदान गर्दे आएको हो । यस अघि फाउण्डेसनले गोल्धापको ओमकारेश्वर वैदिक विद्यापिठका २१ वटुकलाई स्वीटर प्रदान गरेको थियो । यस्तै सोहि ठाउको गरमकालि प्राविका सन्थाल विद्यार्थीलाई पनि स्वीटर प्रदान गरेको थियो भने २५ गते कनकाई नगरपालिका स्थीत लक्ष्मीपुरको हिमाली प्राविका २१ अति विपन्न वर्गका विद्यार्थीलाई न्यानो सुईटर वितरण गर्ने फाउण्डेसनले जनाएको छ ।
    मैनाचरी प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन राईको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका पुर्व शिक्षकलाई सम्मान गर्दे औपचारीक विदाई गरिएको थियो । विद्यालयका शिक्षक मित्र थापा, रामदेव साह, मोहन तिवारी, गंगाराम घिमिरे र वलराम कडरियालाई सम्मानका साथ विदाई गरियो । कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माविका शिक्षक श्रीप्रसाद खरेल, सम्मानित मित्र थापाले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयकी शिक्षीका सिता भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक भिम वस्नेतले गरेको प्रधानाध्यापक राम मण्डलले वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…