• लक्ष्मीमार्ग । मोरङको बेलबारी ११ लक्ष्ममिार्गबाट आईतबार नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी १०४ जना कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
    बेलबारी नगरपालिकामा कम्युनिष्टको लालकिल्लाका रुपमा रहेको सो वडाबाट यति ठुलो संख्यामा पार्टी परित्याग गरेको यो पहिलो घटना हो ।

    पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेकाहरुलाई नेपाली काँग्रेस महासमिति सदस्य बसन्त भट्टराई,महासमिति सदस्य तथा संघिय प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सुनिल शर्मा,महासमिति सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवार ललित बहादुर श्रेष्ठ,जिल्ला सदस्य तथा बेलबारी नगरका मेयरका उम्मेदवार राजकुमार लिम्बु लगायतले उनीहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका छन ।

    स्थानीय निर्बाचनमा सोही वडाको भोटका कारण बेलबारीको मेयरमा राजकुमार लिम्बु पराजित भएका थिए भने ललित श्रेष्ठ, र सुनिल शर्मालाई समेत कम भोट प्राप्त भएको थियो । बेलबारी वडा नम्बर ११ का सभापति लोकबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रम वडासचिब जितेन्द्र न्यौपानेले सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…