• देबु बानियाँ
    बाहुनडाँगी । चितवन जिल्लाका प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले निर्मलाका हत्यारालाई कार्वाही गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
    नारायण जेसीज र नारायणगढ महिला जेसीजको सयुँक्त पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभा सदस्य पोखरेलले सरकारले जुनसुकै रुपमा भए पनि हत्यारा पत्ता लगाएर कार्वाही गर्ने बताउनु भएको हो ।
    कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहुन भएका सांसद पोखरेलले निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न जेसीज युवाहरुले पनि देशभरबाट जनदवाव दिन सृजना गर्न आग्रह गर्न भयो ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पोखरेलले नेपाल जेसीजसँग २०१९ मा कानुन न्याय र मानव अधिकारको क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सक्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले जेसीज अभियानका युवाहरुले समाज निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै असल नागरिक निर्माणमा अझ सशक्त भएर लाग्न आग्रह गर्नु भयो ।
    यता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले नेपाल जेसीजले अपराधीलाई पक्राउ र कार्वाही भन्दा पनि अपराध नै हुन नदिने अभियानमा रहेको बताउनु भएको छ ।
    अध्यक्ष पौडेलले निर्मला पन्तको हत्यारालाई कार्वाही नगर्नु भन्ने आसय होइन तर निर्मला हत्याकाण्ड जस्ता अपराधिक क्रियाकलाप हुन नदिने चाहिँ जेसीजको अभियान भएको बताउनु भयो ।
    कार्यक्रममा सहभागि राजनीतिक दलका नेताहरुले नेपाल जेसीजमा आबद्ध युवाहरुले निर्मलाको हत्यारालाई कार्वाही गर्न जनदवाद दिनु पर्ने माग राखेपछि प्रतिउत्तरमा अध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
    कार्यक्रमका विषेश अतिथि समेत रहनु भएका सिनेटर पौडेलले भन्नु भयो –‘दिगो विकासका लागि समाजमा रहेको गरिबि, अशिक्षा, बेरोजगारी, असमान्ता र विवेदको अन्त्य गर्ने हो भने यस किसिमका अपराधिक गतिविधि निर्मूल हुन्छन् । जब समाजमा एउटा युवामा कुनै रोजगार हुँदैन तबसम्म अपराधका घटनाहरु निर्मुल हुन सक्दैनन् । यस कारण पनि जेसीज युवाहरुलाई उद्यमशीतातर्फ अघि बढाउँदै हरेक युवाहरुलाई आत्मानिर्भर रोजगारमुखी अभियानमा लागेको छ ।’
    ‘हरेक युवाहरुलाई जेसीज अभियानमा समाहित गराउनुहोस्’ राजनीतिक दलप्रति इङ्कित गर्दै अध्यक्ष पौडेलले भन्नु भयो–‘यो समाजमा रहेका सामाजिक संघ संस्था र कुनै पनि राजनीतिक दल भन्दा माथि उठेर राष्ट्र निर्माणमा जेसीज युवाहरु लागनेछन् ।’ अध्यक्ष पौडेलले नेपालमा रहेका ६० लाख भन्दा बढी युवाहरुको प्रतिनिधि मुलक संस्था नेपाल जेसीजले नेपालमा रहेका १५ हजार बढीलाई व्यक्तिगत विकास गराउने योजना अघि सारेको बताउनु भयो । साथै उहाँले जेसीज अभियानमा लागे युवाहरु यो समाजमा कुनै कुनै रुपबाट अब्बल रुपमा समाज निर्माण अभियानमा निरन्तर लागि परेको बताउनु भयो ।

    सोही समारोहमा नारायणगढ जेसीजले युवाकबि सुदेश सत्याल र सडक बालबालिका पु्नरस्थापना केन्द्र हाम्रो घरका सुरज किरणलाई सम्मान गरेको थियषे । यसैगरी, वर्ष भरी शाखामा रहेर उत्कृष्ट कार्य गर्ने विभिन्न जेसीहरुलाई अवार्ड प्रदान गरेको थियो । बुद्धिमान स्मृति रनिङ शिल्ड अवार्ड कोषाध्यक्ष मदन घिमिरे, हिरा हरेराम अवार्ड निर्देशक अर्जुन शर्मा र वर्ष उत्कृष्ट जेसी अवार्ड निर्देशक कपिल श्रेष्ठलाई प्रदान गरिएको थियो ।
    शाखा अध्यक्ष अर्जुन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्र ‘ख’ का निरुपित कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भूषाल, नेपाल जेसीज पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिनेश कोइराला, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोसी, नेकपाका केन्द्रीय सदस्य बद्री तिम्सिना, निरुपित राष्ट्रिय उापध्यक्ष सिनेटर कमल भण्डारी, राष्ट्रिय कोषाध्यक्ष सुजन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्षहरु गोकुल सापकोटा, सिनेटर रुकमणी सिग्देल, भोजराज चापागाई, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतको सहभागिता रहेको थियो ।
    वर्ष २०१८ का अध्यक्ष अर्जुन अधिकारीले वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष विकासमान श्रेष्ठलाई चेन हस्तान्तरण तथा सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिव अमृत कुमार श्रेष्ठ, कोषाध्यक्ष रबिन्द्र श्रेष्ठ र कानुनी सल्लाहकारमा सुर्यभक्त अधिकारीलाई मनोनित गरी सबै शाखा पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।
    यसैगरी नारायणगढ महिला जेसीज वर्ष २०१८ की अध्यक्ष रमा श्रेष्ठले नवनिर्वाचित अध्यक्ष निरु कार्कीलाई पदहस्तान्तरण तथा सपथ ग्रहण गराउनु भएको थियो । नवर्निाचित अध्यक्ष श्रेष्ठले महासचिवमा अनिता श्रेष्ठ, कोषाध्यक्षमा सम्झना श्रेष्ठ र कानुनी सल्लाहकारमा निर्जनी प्रधानलाई मनोनित गरी सबै पदाधिकारीलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।  नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारीले मायाको चिनो स्वरुप पुस्तक प्रदान गर्नु भएको थियो ।  कार्यक्रमको सञ्चालन अमृत कुमार श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…