• उर्लाबारी, २३ पुस/कांग्रेसनिकट नेपाल विद्यार्थी संघको मोरङ जिल्ला सभापतिमा सुजित जैसवालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    नेविसंघ उर्लाबारी बहुमूखी क्याम्पस ईकाइ सभापति रहेका जैसवालले आगामी १२ औं अधिवेशनका लागि जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । आगामी माघ २० गतेभित्र जिल्ला अधिवेशन हुने भनिएपनि मिति तय भइसकेको छैन ।

    ‘मोरङमा नेविसंघलाई चलायमान बनाउँदै विद्यार्थीहरुको समस्या निरुपण र कांग्रेसको साँगठानिक बिस्तारमा जोड दिन आवश्यक छ’, सोमबार उर्लाबारीको होटल एरोमामा आयोजित पत्रकार सम्मेलनमा जैसवालद्वारा बितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    हाल नेविसंघको जिल्ला सदस्य समेत रहेका जैसवालले विराटनगर बाहिर रहेका सबै क्षेत्र, नगर र क्याम्स ईकाई समितिको आफूलाई समर्थन रहेको दाबी गरे । विद्यार्थी आन्दोलनमा निर्वाह गरेको भूमिकाका कारण नेविसंघ विद्यार्थीहरु माझ लोकप्रिय रहेको उल्लेख गर्दै उनले सदरमुकाम बाहिर संगठनलाई सुदृढ र ब्यापक बनाउने अठोट व्यक्त गरे ।

    विद्यार्थीहरुको नेतृत्व क्षमताको विकास, शैक्षिक प्रमाणपत्र धितोमा ऋण, ओपन युनिभरसिटि, सेमेस्टर र ग्रेडिङ, गरीब तथा जेहेन्दार विद्यार्थीको जीवन विमा, छात्रवृत्तीमा विपन्न विद्यार्थीको पहूँच र सामुदायिक क्याम्पसमा निश्चित् प्रतिशत निःशुल्क शिक्षालाई उनले चुनावी मुद्दा बनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…