• बाहुनडाँगी । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ ले मेचीनगरस्तरीय अन्तर विद्यालय प्रथम मेयर कपको आयोजना गर्ने भएको छ ।
    आइतवार विद्यालयमा आयोजित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक परिवार, स्थानीय अभिभावक तथा स्थानीय खेलप्रेमीहरुको बृहत भेलाले आगामी माघ १३ गतेदेखि मेचीनगर स्तरीय अन्तर निमावि प्रथम मेयर कप आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा मेचीनगरका आधारभूत तहका विद्यालयहरुको सहभागिता रहने छ । अघिल्ला वर्षहरुमा बालकल्याण माविले आयोजना गर्दै आएको आशिष विक्रम नेम्बाङ स्मृति फुटबल प्रतियोगिता यो वर्षबाट नभएपछि यसैलाई आधार मानेर यसको निरन्तरताका लागि मेयर कप गर्ने तयारी गरिएको हो ।
    शैक्षिक गुणस्तर अभिबृद्धि तथा साना कक्षाका बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्री जुटाउने उदेश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताका विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजारसहित ट्रफी, प्रमाण पत्र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुने टिमलाई समेत नगद ५ हजार पुरस्कार राखिएको छ । यसैगरी, प्रतियोगितामा उदयमान खेलाडीलाई नगद पुरस्कार तथा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता र फेयर अफ द प्ले टिमलाई अवार्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक तिलकबहादुर धिमालले बताए । प्रतियोगिताको प्रायोजकका रुपमा बहुवन सामुदायिक वन मेचीनगर ३ र पाँचपोखरी सामुदायिक वन शान्तिनगर÷बाहुनडाँगी रहेका छन् ।
    यसैगरी सोही भेलाले शिक्षक देबु बानियाँको संयोजकत्वमा २३ सदस्यी फुटबल आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मित्रकुमार सारु मगर (रञ्जु), भगेन्द्र सारु मगर, शिशिर ठाडा मगर, मनिकुमार रैका, यज्ञराज राना, दिपेशकुमार दास, करन सारु मगर, नगेन्द्र दंगाली, हेमन्त बस्नेत, किरण राई, नविन थापा, चन्द्र थापा मगर, अभिशेक थापा मगर, पवन बलम्पाकी, अभिशेक खाती, उज्वल दाहाल, रमेश अधिकारी, किरण दास, छत्रबहादुर सारु मगर, ज्ञानबहादुर तामाङ र विरबहादुर गुर्वाछान रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…