• पौष २३ पथरी । श्री जनकल्याण आधारभुत विध्यालयका ११५ जना विध्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको छ ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ४ मा रहेको सो बिध्यालयका कक्षा नर्सरी देखी कक्षा ५ सम्मका ति विध्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।


    “अभियान्ताहरुको अभियान शिक्षादान सर्वदान” भन्ने नाराका साथ स्थानिय प्रदिप कुमार राईको संयोजकत्वमा न्यानो माया प्रदान गर्ने ध्ययेका साथमा ३२ ईन्चको एलईडि टेलिभिजन २ थान भलिवल र १० थान स्कीपिङ प्रदान गरिएको छ ।
    हाल कुल २१६ विध्यार्थी अध्ययनरत सो विध्यालय २०४२ सालमा स्थापना भएको हो ।
    शिक्षाको माध्यमबाट समाजमा शान्ति,सदभाव,विकाश,अमनचयन जस्ता सकरात्मक कार्यको स्थापना गराउन शिक्षाको आवश्यता पर्ने कुरालाई मध्यनजर गर्दै आजका बालबालीका लाई भोलीको समाजसुधारको आधार स्तम्भ बनाउन अहिले आफु लगाएत अभियान्ताहरुको सहभागितामा “अभियान्ताहरुको अभियान शिक्षादान सर्वदान” भन्दै लागि परेको र आगामी ५ वर्ष भित्रमा नगरका सवै सामुदायिक विध्यालयमा पुग्ने लक्ष्य रहेको राईले बताएका छन् ।
    २०७२ साल देखी मान बहादुर गुरुङको पहलमा कक्षा नर्सरी देखि कक्षा ४ सम्म अंग्रेजी माध्यम बाट अध्यापन गराउदै आएको नगरकै एक मात्र विध्यालय हुनुका साथै हाल सो माध्यम वाट १०० जना विध्यार्थीहरुले अध्ययन गरिरहेको र विध्यालयले निजि स्रोतवाट ४ जना शिक्षकको नियुक्ति गरि अध्यायपन गरउदै आएको विध्यालयका प्रधानाध्यपक रुद« प्रसाद पोख्रेलले बताएका छन् ।
    कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले विध्यालयका सस्थापक अध्यक्ष रत्न बहाद्र थापा मगर र शैक्षिक अभियन्ता प्रदिप कुमार राईलाई विध्यालय सञ्चालनमा पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए । भने अन्य अभियान्ता हरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अथिति राईले नगरपालिकाले एसइइ परिक्षा पास गरि प्राविधिक शिक्षा आर्जन गर्न चाहाने विध्यार्थीहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा अध्ययनका लागि शैक्षिक ऋणको व्यावस्थापन गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…