• पुस २३, झापा । झापाली समाज युएईले झापाको एक्सल डेभलपमेन्ट बैंकसँग मिलेर झापाका तीन विद्यालयका १ सय ५१ जना विधार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गत पुस १८ गते झापा गाउँपालिकाको अमरसिंह प्रा. वि. मा रहेका ४० जना विधार्थीलाई ट्रयाक सुट तथा तोपी निस्शुल्क वितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले बताएका छन् । त्यसैगरी गत पुस २० गते मेचीनगर नगरपालिका(१२ को कालिका आधारभूत विधालयमा रहेका ५० जना विपन्न विधार्थीलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ । तेस्रो चरणमा पुस २३ गते सोमबार शिवसतासी (४ विश्वडुब्बामा रहेको कन्काई प्राथमिक विधालयमा अध्ययनरत ६१ विधार्थीलाई सोही प्रकृतिका न्याना कपडाहरु वितरण गरिएको समाजको नेपाल सम्पर्क समितिका सल्लाहकार भरत शिवाकोटीले जानकारी दिएका छन् । झापाली समाज युएईका सबै क्षेत्रीय समितिहरुले विगत ३ वर्षदेखि झापाका विभिन्न वृद्धआश्रम र अनाथालयमा बर्सेनि कपडा वितरण गरिरहेको र त्यसैको निरन्तरता स्वरूप यो कार्यक्रम आयोजना गरिएको झापाली समाज युएई, रासअल खेमा क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

    झापाली समाज युएई र एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा पुस २३ गते सोमबार शिवसताक्षी नपा। ४ अवस्थित कन्काई प्रा।बि। मा अध्यनरत अति विपन्न वर्गका विधार्थीहरुलाई शिवसताक्षि नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा, झापाली समाज युएई नेपाल संपर्क समितिका अध्यक्ष जगत लुईटेलको सभापतित्वमा समाजका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी र एक्सल डेभलपमेन्ट बैंकका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम भव्यताका साथ कार्यक्रम सप्पन्न भएको सम्पर्क समितिका सचिव डिल्ली हुमागाईले बताएका छन् । कार्यक्रमको अन्त्यमा यो अभियानलाई सहयोग गर्ने तिलरुपा दाहाल, न्यु लाइफ स्टायल फेन्सी स्टोर, जयपुर, झापाली समाज युएईका उपाध्यक्ष दिनेस नेपाल, अलएन क्षेत्रीय समितिबाट सचिव मानबहादुर बुढाथोकी, कोषाध्यक्ष सरस्वती बास्तोलाको प्रतिनिधि तारा बास्तोला, समाजसेवा ज्योति अधिकारी लगायत एक्सल बैंकलाई विशेष कदरपत्रले सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…