• दमक/ प्रधानमन्त्री केपि ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमकमा भ्यु टावर निर्माण गर्न लागेको रकमबाट सोहि ठाउँमा सरकारी मेडिकल कलेज खोल्न नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले सुझाव दिनु भएको छ । आज काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिक अभियन्ता डाक्टर केसीले भ्यु टावर खोल्ने रकमबाट मेडिकल कलेज खोल्न सुझाव दिनु भएको हो । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा ओलीकै ईच्छामा दुई अर्ब ७४ करोडमा भ्यु टावर निर्माण गर्ने योजना अघि बाढाईएको छ ।

    साम्यवादी नेताको प्राथमिकतामा जनताको स्वास्थ्य भन्दा भ्यु टावर परेको भन्दै डाक्टर केसीले भ्यु टावरको योजना निजिक्षेत्रले व्यवसायीक रुपमा सञ्चालन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको छ । डाक्टर केसीले दमकमा भ्यु टावर निर्माणमा लाग्ने रकमा अरु एक अर्ब थपेमा सरकारी मेडिकल खोल्न सकिने भन्दै नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको हो ।
    पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्ने गतिबिधि अहिलेका प्रधानमन्त्रीले गरिरहेको भन्दै उहाँले अहिलेका नेताहरुले जनताको तलब भत्ता खाए पनि माफियाको काम गरिरहेको आरोप लगाउनु भयो । साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेको भन्दै डाक्टर केसीले साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुलेनै माफियासँग साँठगाँठ गरिरहेको आरोप लगाउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…