• बाहुनडाँगी, २३ पुस । क्रिकेट खेलको विकास गर्ने उदेश्यका साथ मेचीनगर–४ बाहुनडाँगीमा ३ दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु भएको छ । प्रदेश नम्बर १ बाट छनोट भएको प्रदेशस्तरीय टिमको खेललाई अझ बलियो बनाउने लक्ष्यका साथ आएको प्रदेश नम्बर १ को टिमसँग बाहुनडाँगी युवा क्लबको टिमले मैत्रीपूर्ण क्रिकेट खेलेको हो । प्रतियोगितामा प्रदेशको टिमले ४ विकेटले जितेको थियो ।
    टस जितेर व्याटिङ रोजेको बाहुनडाँगीले ९५ रनको लक्ष्य तय गरेको थियो । उक्त लक्ष्यलाई पछ्याउँदै जबाफी मैदानमा आएको प्रदेशको टिमले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको कञ्चन उप्रेतीले बताए ।
    प्रतियोगिता खेल्नका लागि प्रदेश टिमबाट राष्ट्रिय खेलाडी सिद्धान्त लोहनी पीपीएल खेलाडीहरु मिनेश थापा, दिपेश कडेँल र लब कमत समेत सहभागि भएका युवा व्यवसायी प्रविण भण्डारीले बताए । प्रतियोगिताको अम्पायरका रुपमा सचिन सुब्बा र पुष्कर ढकाल रहेका थिए ।
    खेलको आयोजना बाहुनडाँगी युवा क्लबले गरेको हो । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नबिन बराल र क्लबका अध्यक्ष पोषककुमार दर्जीले सयुक्त रुपमा गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष बरालले क्रिकेट खेलको विकासका लागि नगरपालिकाले पूर्ण सहयोग गरेर आगामी दिन थप खेलहरु गर्दै जाने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…