• कावासोती, २३ पुस

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

    “मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा विपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यस्तो खेलबाट राजनीतिलाई जोगाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ मा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सामग्री आज वितरण गर्दै उहाँले राजनीति भनेको छुद्रयाई, फट्याई गरेर, साम, दाम, दण्डभेदको प्रयोगबाट सत्ता कब्जा गर्ने होइन सेवा गर्ने हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    समाजवाद अध्ययन केन्द्र भक्तपुरले सो अवसरमा १४ लाई ह्वीलचियर, आठलाई बैशाखी, पाँचलाई सेतो छडी र ११४ जनालाई न्यानो कपडा वितरण गरेको थियो । सामग्री वरिष्ठ नेता पौडेलले वितरण गर्नुभयो । न्यानो कपडा स्वर्गीय तेजकुमारी देउजाको स्मृतिमा उहाँका छोरा रामशरण देउजा र अन्य सामग्री विभिन्न दाताबाट सङ्कलन गरिएको समाजवाद अध्ययन केन्द्र भक्तपुरका अध्यक्ष दुर्गा फुयाँलले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…