• मोरङ । नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो।
    तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा भएको थियो।

    त्यही गर्विलो इतिहास बोकेको नेविसंघ मोरङमा नयाँ नेतृत्व लिन दौडधुप सुरु भएको छ। आउने १२ औ महाधिवेशन अघि जिल्लाहरुको अधिवेशन धमाधम भईरहेको सन्दर्भमा मोरङमा यही माघ २० गते हुने अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    जिल्लामा सहमतिबाट नेविसंघको नेतृत्व चयन गर्ने अभ्यास पनि हुने छ । यदी सहमति नजुटेमा मतदानबाट भएपनि नेतृत्व चयन गरिने छ । नेतृत्वका लागि बिभिन्न युवाहरुले दाबी पेश गरेका छन् । नेविसंघ मोरङका नेतृत्वका लागि नवराज तुम्वापो पनि एक प्रमुख दाबेदार हुन।

    को हुन नबराज ?
    पथरीमा जन्मिएका नबराज नेविसंघ मोरङको नेतृत्व गर्न सक्ने सक्षम युवा हुन । २८ वर्षीय युवा नवराज सानैदेखी नेपाली काँग्रेसको वारेमा जान्न चाहने र चार तारे झण्डालाई अत्यन्तै प्रेम गर्थे। नेतृत्व क्षमतामा अब्बल, सबैसंग मिल्नसक्ने, बिभिन्न समस्याको समाधानमा कुशलतापूर्वक भुमिका निर्वाह गर्न सक्ने एवं नेपाल बिद्यार्थीसंघको इतिहासदेखी वर्तमान अवस्थाका वारेमा प्रष्टसंग विचार व्यक्त गर्न सक्ने युवा हुन ।

    नेविसंघ मोरङमा नवराज नै किन ?

    नवराज हाल पथरी बहुमुखी क्याम्पसका नेविसंघ सभापति हुन् । यसक्रममा उनको सक्रीयता र कामका कारण जिल्लामा मात्र नभएर केन्द्रसम्म राम्रो छाप छाड्न सफल भएका छन् ।

    उनले मोरङमा विद्यार्थीसंगको सम्बन्धलाई बढाउदै उनीहरुका समस्या समाधान गर्नेदेखी अन्य मोरङ्गीहरुका समस्यामा निरन्तर साथ दिइरहेका छन् ।

    कोही बिरामी भए अस्पताल पुर्याउने, आर्थिक समस्या भएमा रकम जुटाउने काममा पनि सघाउदै आएका छन् । विशेष गरी समाजसेवी एवं काँग्रेसका लोकप्रिय नेताहरुसंगको समन्वयमा उनले बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएका छन् ।

    उनको विद्यार्थी राजनितीमा बिभिन्न समस्याहरु आएपनि हार खाएनन नेपाली काँग्रेसवाटै केही गरेर देखाउछ भनेरै आज जिल्लाको नेतृत्व हाक्न तयार छन् ।

    यस विचमा देशमा व्याप्त हिंसा, हत्या, बलात्कार, कालोबजारी, महंगी लगायतका विकृती विरुद्ध नेविसंघले सडक संघर्ष गरेको छ। त्यसक्रममा नवराज पनि हरेक आन्दोलनमा सरिक भईरहे।
    मोरङमा नेपाल बिद्यार्थीसंघको नेतृत्वका लागि प्रमुख दाबेदार मानिएका नवराज जिल्लाका सबै विद्यार्थीसंग परिचित र नजिक छन् । उनले नेतृत्व गरेमा संगठनलाई थप मजबुत बनाउँदै सबै बिद्यार्थीका समस्या समाधानमा सक्ने खुबी राख्दछन् । त्यसैले अवको नेतृत्व आफुलाई दिन सबै विद्यार्थी माझ उनले अपिल गरेका छन् । तुम्वापोले आफू मातृ पार्टी र नेविसंघ भित्रको गुट ,उपगुटको बिरोधी भएको बताउँदै संघलाई कांग्रेस नेताको वरिपरी मात्र घुम्न नदिने प्रतिवद्धता ब्यक्त गर्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…