• काठमाडौं । केहि दिनदेखि जापानीजहरुले दाङको घोराहीमा क्रिश्चियन धर्म प्रचारमा अब्यस्त भएको समाचार सेलाउन नपाउदैँ अर्का कोरियन धर्म प्रचारकहरु फेला परेको खबर छ ।

    चितवनको सौराहमा क्रिश्चियन धर्म प्रचारका लागि गरिरहेको एक गोप्य सम्मेलनमा ती क्रिश्चियन धर्म प्रचारकको तस्विर न्यूज अभियान डट कमले फेला पारेको हो ।

    उनीहरुले चितवनको सौराहमा क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियन विदेशी सहित नेपालीको एक समुहले केहि दिन अघि गोप्य बैठक सम्पन्न गरेको हो ।

    उनीहरुले विभिन्न प्रकारका धर्म प्रचारका सामाग्री बोक्दै प्रचार प्रसारमा जुट्न एक समितिनै बनाएको समाचार प्राप्त भएको छ ।

    उक्त सम्मेलनमा नेपाल इभान्जलीक होलीनेस चर्चेजका कोरियन यु सर र हान मिस सहित केहि कोरियनहरु सहभागी भएका थिए । उक्त सम्मेलनमा डा इसुजंग कार्की समेत सहभागी थिए ।

    पछिल्लो समय न्यूज अभियान डट कमले प्रकाशित गरेको खबरबाट हामी निकै सर्तक भएछौं, नेपाल इभान्जलीक होलीनेस चर्चेजका महासचिव मिनि कुमार राईले बताए । अध्यक्ष नरबहादुर गुरुंग बाहिर हुनुहुन्छ । हामी यही छलफलका क्रममा छौं, उनले थपे ।

    नेपाल इभान्जलीक होलीनेस चर्चेज भनि नेपालमा दर्ता भएको सो संस्थामा किन कोरियनहरु हावी हुँदै आएकाछन् । यो खोजीको विषय भएको छ ।

    धर्म परिवर्तन जवर्जस्ती गराउन नपाइने ऐन नियम भए पनि मुलुक भित्र खुले आम विदेशीहरु समेत धर्म प्रचारमा जुटेकाछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…