काठमाडौ,२४ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएकाले सोमबारजस्तो बादल लाग्ने वा पानी पर्ने सम्भावना नरहेको मौसमविद् विभुती खनालले जानकारी दिईन् ।
तर पश्चिम र पूर्वका पहाडी क्षेत्रमा बेलुकातिर आंशिक बदली हुने तथा केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना भने रहेको र उच्च पहाडी क्षेत्रका केही स्थानमा भने हल्का हिँउ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यता,काठमाडौँ उपत्यकाको मौसम दिनभर सामान्यतया सफा रहने देखिएको छ । आज बिहान विहान काठमाडौ उपत्यकाको न्यूनतम् तापक्रम २.२ डिग्रीको सेल्सियस मापन गरिएको छ । दिउँसो भने काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।