उर्लाबारी । सवारी दुर्घटनामा परि घाइते हुनुभएका उर्लाबारी ९ निवासी समाजसेवी सुन्दर श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ । यतिवेला उहाँ भक्तपुरको घरमै आराम गरेर बसिरहनुभएको छ । उहाँको मोटरसाईकल दुर्घटनामा परि खुट्टामा चोट लागेको थियो । जसको कारण उहाँ हिडडुल गर्न भने सक्नुहुन्न । बैशाखी र परिवारको साहारा चाहिन्छ ।
घरमै आराम गरेर बसिरहनुभएका श्रेष्ठ आफु अस्वथ्य भएपनि सामाजिक काम प्रति लागिरहनुभएको छ, ।
गाउँघरको विकासका काममा चिन्तित हुनुहुन्छ ।
गाउँघरका गतिविधी कार्यक्रमहरुबारे टेलिफोन र समाजिक सञ्जाल मार्फत अपडेट भईरहेको छु,श्रेष्ठ भन्नुहुन्छ, म दुईचार महिना हिड्न नसकेको मात्र हु, तर समाजलाई अग्रगतिमा लैजाने मेरो अभियानमा रोेकिने छैन् ।
केहि दिन अघिमात्र मेरो लगानीमा प्रभात निमाविले अंग्रेजी शिक्षक निजि श्रोतबाट नियुक्ति गरेको छ,श्रेष्ठले भन्नुभयो,शिक्षकको खर्च म ब्यहोर्ने छु ।
गाउँघर तथा विद्यालयमाहरुमा अतुलनिय सहयोग पुर्याउनुभएका श्रेष्ठको लगानीमा सार्वजनिक मावि आम्बारीमा निर्माण भएको मञ्च केहि महिनापछि हस्तान्तरण गर्ने कार्यक्रम छ ।
उहाँले गाउँघरम सडकबत्ति जडान,विद्यार्थीलाई छात्रबृत्ति लगायत थुप्रै काम गरिसक्नुभएको छ । त्यसैले पनि उहाँ सबैमाझ परिचित हुनुहुन्छ ।