• बाहुनडाँगी । धनगढी जेसीजको ३६ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ ।
    ३६ औ शाखा अधिवेशनमा निर्वाचित धनगढी जेसीज वर्ष २०१९ का अध्यक्ष नरेन्द्र राज अवस्थीलाई धनगढी जेसिजका वर्ष २०१८ का अध्यक्ष यज्ञराज ओझाले आफ्नो जिम्मेवारी सुम्पेका छन् । २०१८ का अध्यक्ष ओझाले वर्ष २०१९ का अध्यक्ष अवस्थीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । नव निर्वाचित अध्यक्ष अवस्थीले विभिन्न पदमा मनोनित गर्दै सामुहिक रुपमा सपथ ग्रहण गराएका थिए ।
    शाखाको कार्यकारी उपाध्यक्षमा लोकेन्द्र पनेरु, कलेन्द्र शाही, उपाध्यक्षहरुमा गिरीराज भण्डारी, महेश्वर ओझा, हरी जोशी, शुभ ठाकुर रहेका छन् । कार्यसमितिले महासचिवमा सत्य राज जोशी, कोषाध्यक्ष जर्नादन बम्म, सह–कोषाध्यक्ष टेक बोगटी, कानुनी सल्लाहाकार लोक राज भट्ट, संचार संयोजक खेम राज उपाध्याय, तालिम संयोजक श्याम राज पाठक लगायतलाई मनोनित गरेको थियो ।
    कार्यक्रममा धनगढी जेसीज वर्ष २०१८ मा राम्रो कार्य गरेको भन्दै जेसीजका पदाधिकारीहरुलाई पुरस्कार प्रदान गरेको छ ।
    धनगढी जेसीज वर्ष २०१८ का अध्यक्ष यज्ञ राज ओझाको सभापतित्वमा सम्पन्न भएको पदस्थापन तथा पुरस्कार वितरण समारोह कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेल रहेका थिए । पदस्थापन कार्यक्रममा विशिष्ट अतिथिमा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल, निरुपित राष्ट्रिय उपाध्यक्ष रुकमणी सिक्देल, अतिथिहरुमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष चक्र बहादुर सिंह, धनगढी जेसीजका पूर्व अध्यक्षहरु भवानी जोशी, सुरेन्द्र चन्द, करुणाकार पाण्डेय, मोहन राज भट्ट, सुनिल श्रेष्ठ, यादव भट्ट, कृष्ण बोहरा, दल बहादुर ओली, ईश्वर जोशी, पदम विक्रम सिंह, हेमराज ओझा, टेक राज पनेरु, लगायत रहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…