• कुमार खड्का पौष २४,पथरी ।
    मोरङको लेटाङ बुधवारेमा जारी प्रथम बुधवारे गोल्ड कपमा धरानले ईतिहास रच्न सफल भएको छ ।
    पौष १७ गते देखी जारी प्रतियोगिताको आज (मंगलवार) को फाईनल खेलमा डाँगीहाट फुटवल क्लवलाई १–२ गोल अन्तरले पाखा लगाउदै धरान फुटवल क्लवले उपाधि कव्जा गरेको हो ।



    निर्धारित ७० मिनेटको खेलमा धरानले खेलको पहिलो हाफको १७ औ मिनेटमा धरानका विटु तामाङले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने खेलको दोस्रो हाफको २५ औ मिनेटमा धरानकै मिलन राईले बर्तमान राईको सट पासलाई सदुपयोग गर्दै प्रहार गरेको बल गोलमा परिणत हुदा धरानले २–० को अग्रता बनाएको थियो ।
    भने डागिहाटका तर्फवाट १ मात्र सान्तवना गोल दोस्रो हाफको ३१ औ मिनेटमा निरज वस्नेतले फर्काएका थिए ।
    पहिलो हाफको १२ औ मिनेटमा डागीहाटका टिम क्यपटेन अरुण लिम्वुले १ भर्सेस १ को अवस्थामा धरानका गोल किपरलाई विट गर्न नसक्दा डागिहाट पहिलो हाफमै वरावरी गोल गर्न बाट चुकेको थियो ।
    खेल अवधी भर धरानलाई दवावमा राखेता पनि उतकृष्ट फिनिसिङ गर्न नसक्दा डागिहाट उपाधि कव्जा गर्दै ईतिहास रच्न बाट चुक्दा उसले दोस्रो पुरस्कार ५१ हजार मा चित बुझाउन बाध्य बन्यो ।
    यता धरानले खेल अवधिमा पाएका अवसरहरुलाई उतकृष्ट ढगले सदुपयोग गर्दा धरानले १ लाख १ हजार रासिको प्रथम उपाधि हात पार्दै प्रथम बुधवारे गोल्डकपमा ईतिहास रच्न सफल भएको छ ।
    विधागत तर्फ अधिकास उपाधि धरानले हात पारेको छ आजको खेलको म्यान अफ दि म्याच,हाई स्कोरर,अनुसासित खेलाडी,अनुसासितटिम,उत्कृष्ट गोलकिपर मा क्रमश धरानका खेलाडि मिलन राई,वर्तमान राई र धरान फुटवल क्लव र प्रविन लिम्वुले हात पारे भने डागिहाटका खेलाडी अरुण लिम्वु उत्कृष्ट खेलाडी चयन भएका थिए ।
    फाईनल खेलको उपाधि कार्यक्रमका प्रमुख अथिति लेटाङ नगरपालिकाका प्रमुख शंकर राइले प्रथम ,विशिष्ठ अथिति उप प्रमुख कृष्ण कुमारी निरौला वडा नम्वर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिना तथा पूर्वाअञ्चल खेलकुद विकास संघकी सदस्य शान्ति पाख्रिन लगाएतले दोस्रो पुरस्कार वितरण गरेका थिए ।
    आगामी दिनहरुमा पनि गोल्डकपलाई निरञ्तरता दिईदै जाने आयोजक एकता स्र्पोट क्लवका अध्यक्ष बाल कुमार श्रेष्ठले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…